News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्ववियू निर्वाचनका लागि ४ सङ्गठनको गठबन्धन

झुलेनी नेटवर्क२०८१ फागुन २७
७१६ पटक
२०८१ फागुन २७

प्यूठानमा स्ववियू निर्वाचनका लागि ४ सङ्गठनले गठबन्धन गर्ने सहमति गरेका छन् । चैत्र ५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँ र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादी बिच गठबन्धन गर्ने सहमति भएको हो ।

सहमति अनुसार नेपाल विद्यार्थी सङ्घले प्यूठान क्याम्पस खलङ्गा र अमर क्याम्पस भिग्रीमा सभापतिमा उम्मेदवारी उठाउने छ । अखिल क्रान्तिकारीले स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा, अखिल छैठौँले गौमुखी क्याम्पस मच्छिमा र अखिल समाजवादीले झिमरुक क्याम्पस बाग्दुलामा सभापतिको उम्मेदवार उठाउने सहमति गरेका छन् । गठबन्धनका क्रममा अन्य पदहरू पनि बाँडफाँड गरेका छन् ।

झिमरुक क्याम्पस बाग्दुलामा सर्व सहमत नेतृत्व चयन गर्ने सहमति भएको नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष कल्याण विक्रम के.सी. ले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...