News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्ववियू निर्वाचनका लागि ४ सङ्गठनको गठबन्धन

झुलेनी नेटवर्क२०८१ फागुन २७
८६९ पटक
२०८१ फागुन २७

प्यूठानमा स्ववियू निर्वाचनका लागि ४ सङ्गठनले गठबन्धन गर्ने सहमति गरेका छन् । चैत्र ५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँ र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादी बिच गठबन्धन गर्ने सहमति भएको हो ।

सहमति अनुसार नेपाल विद्यार्थी सङ्घले प्यूठान क्याम्पस खलङ्गा र अमर क्याम्पस भिग्रीमा सभापतिमा उम्मेदवारी उठाउने छ । अखिल क्रान्तिकारीले स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा, अखिल छैठौँले गौमुखी क्याम्पस मच्छिमा र अखिल समाजवादीले झिमरुक क्याम्पस बाग्दुलामा सभापतिको उम्मेदवार उठाउने सहमति गरेका छन् । गठबन्धनका क्रममा अन्य पदहरू पनि बाँडफाँड गरेका छन् ।

झिमरुक क्याम्पस बाग्दुलामा सर्व सहमत नेतृत्व चयन गर्ने सहमति भएको नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष कल्याण विक्रम के.सी. ले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...