News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ को दुई गाउँमा घरघरै खानेपानीका धारा !

बोम बहादुर परियार २०८२ साउन १४ गते
७६४ पटक
२०८२ साउन १४ गते

मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा खस्न थालेपछी स्थानीय खुसी छन । पधेरोमा घन्टौ लाइन बसेर पानी बोक्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय विर वहादुर थापाले बताए ।

गत वर्ष वडाको मुन्डाडा गाउँमा १ सय र वुकेनी गाउँमा ६१ गरि १ सय ६१ घरमा खानेपानीका धारा जडान गरिएको थियो । सोमवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आथित्यतामा औपचारीक कार्यक्रम गरि खानेपानीको उद्घाटन गरिएको छ ।

खानेपानी धाराको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वडाले नागरिकका माग सम्बोधन गरेर प्रशंसनिय कार्य गरेको बताए । घरैपिच्छे पानीका धारा बनेपनि  स्थानीयले नौमती बजा वजाउदै नाचगान गर्दै खुसी ब्यक्त गरेका थिए ।


मल्लरानी गाउपालिका ३ मुन्डाडाका स्थानीय करिस्मा परियारले जडान गरिएको धारामा पानी खस्न थालेपछी समयको वचत र दैनिकीमा सहज भएको बताइन । त्यस्तै मुन्डाडाँका स्थानीय खुम बहादुर परियारले डोकोमा पानी बोकेर खाने दिनको अन्त्य भएको बताए ।
९ सय ६ घरधुरी रहेको मल्लरानी गाउँपालिका ३ मा १ सय ६१ घरमा पानीका धारा पुगेकोे र बाँकी घरहरुमा यस आर्थिक वर्षमा एक घर एक धारा पुर्याउने गरि काम भईरहेको मल्लरानी गाउपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । साथै उनले पानीका कारण धारा पधेरामा हुने झगडा समेतको अन्त्य भएको बताए ।कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रसासकीय अधिकृत विजय पौडेल अन्य कर्मचारीहरु र स्थानीयहरु लगायतको उपस्थिती रहेको ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...