News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ को दुई गाउँमा घरघरै खानेपानीका धारा !

बोम बहादुर परियार २०८२ साउन १४ गते
११०७ पटक
२०८२ साउन १४ गते

मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा खस्न थालेपछी स्थानीय खुसी छन । पधेरोमा घन्टौ लाइन बसेर पानी बोक्नु पर्ने वाध्यताको अन्त्य भएको स्थानीय विर वहादुर थापाले बताए ।

गत वर्ष वडाको मुन्डाडा गाउँमा १ सय र वुकेनी गाउँमा ६१ गरि १ सय ६१ घरमा खानेपानीका धारा जडान गरिएको थियो । सोमवार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आथित्यतामा औपचारीक कार्यक्रम गरि खानेपानीको उद्घाटन गरिएको छ ।

खानेपानी धाराको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वडाले नागरिकका माग सम्बोधन गरेर प्रशंसनिय कार्य गरेको बताए । घरैपिच्छे पानीका धारा बनेपनि  स्थानीयले नौमती बजा वजाउदै नाचगान गर्दै खुसी ब्यक्त गरेका थिए ।


मल्लरानी गाउपालिका ३ मुन्डाडाका स्थानीय करिस्मा परियारले जडान गरिएको धारामा पानी खस्न थालेपछी समयको वचत र दैनिकीमा सहज भएको बताइन । त्यस्तै मुन्डाडाँका स्थानीय खुम बहादुर परियारले डोकोमा पानी बोकेर खाने दिनको अन्त्य भएको बताए ।
९ सय ६ घरधुरी रहेको मल्लरानी गाउँपालिका ३ मा १ सय ६१ घरमा पानीका धारा पुगेकोे र बाँकी घरहरुमा यस आर्थिक वर्षमा एक घर एक धारा पुर्याउने गरि काम भईरहेको मल्लरानी गाउपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । साथै उनले पानीका कारण धारा पधेरामा हुने झगडा समेतको अन्त्य भएको बताए ।कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रसासकीय अधिकृत विजय पौडेल अन्य कर्मचारीहरु र स्थानीयहरु लगायतको उपस्थिती रहेको ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...