News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा फेरि फाइजर खोप लगाउने तयारी

झुलेनी नेटवर्क२०८२ साउन २५ गते
८४० पटक
२०८२ साउन २५ गते

प्यूठानमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यस पटक विभिन्न समयमा छुटेकाहरुलाई लक्षित गरी १८ हजार डोज फाइजर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयले साउन २७, २८ र २९ गते जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए।
अभियानमा १२ वर्ष उमेर माथिका सबैलाई खोप दिने तयारी गरिएको छ । १२ वर्ष भन्दा कम उमेर, बिरामी अवस्था, पहिले खोप लगाउँदा गम्भिर प्रकारको असर देखिएकाहरुलाई लगाउन नमिल्ने खड्काले बताए ।
जिल्लामा २ लाख ११ हजार ८ सय २२ जना ५ वर्षभन्दा माथिको उमेरको जनसंख्या रहेको कार्यालयको तथ्यांक छ । जसमध्ये २ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो मात्रा खोप लगाएको छन् । त्यस्तै दोस्रो मात्रा १ लाख ९८ हजार १३ जना, पहिलो बुस्टर १ लाख २९ हजार ८ सय १२ र थप बुस्टर ५७ हजार ४ सय २१ जनाले लगाएको कार्यालयको जनाएको छ ।

जिल्लामा हालसम्म ५ लाख ९३ हजार ९ सय ३४ जनाले खोप लगाएको तथ्यांक छ ।

आईतबार स्वास्थ्य कार्यालय प्यूठानले कोभिड खोप अभियान सञ्चालनबारे खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...