News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा फेरि फाइजर खोप लगाउने तयारी

झुलेनी नेटवर्क२०८२ साउन २५ गते
५६१ पटक
२०८२ साउन २५ गते

प्यूठानमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यस पटक विभिन्न समयमा छुटेकाहरुलाई लक्षित गरी १८ हजार डोज फाइजर खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

कार्यालयले साउन २७, २८ र २९ गते जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए।
अभियानमा १२ वर्ष उमेर माथिका सबैलाई खोप दिने तयारी गरिएको छ । १२ वर्ष भन्दा कम उमेर, बिरामी अवस्था, पहिले खोप लगाउँदा गम्भिर प्रकारको असर देखिएकाहरुलाई लगाउन नमिल्ने खड्काले बताए ।
जिल्लामा २ लाख ११ हजार ८ सय २२ जना ५ वर्षभन्दा माथिको उमेरको जनसंख्या रहेको कार्यालयको तथ्यांक छ । जसमध्ये २ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो मात्रा खोप लगाएको छन् । त्यस्तै दोस्रो मात्रा १ लाख ९८ हजार १३ जना, पहिलो बुस्टर १ लाख २९ हजार ८ सय १२ र थप बुस्टर ५७ हजार ४ सय २१ जनाले लगाएको कार्यालयको जनाएको छ ।

जिल्लामा हालसम्म ५ लाख ९३ हजार ९ सय ३४ जनाले खोप लगाएको तथ्यांक छ ।

आईतबार स्वास्थ्य कार्यालय प्यूठानले कोभिड खोप अभियान सञ्चालनबारे खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...