News Portal

रेडियो सुन्नुहोस्

प्रभु महालक्ष्मीले गर्यो प्यूठानमा दाबी भुक्तानी

झुलेनी नेटवर्क२०८२ साउन २७ गते
१४६६ पटक
२०८२ साउन २७ गते

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनाको दाबी भुक्तानी गरेको छ । पछिल्लो २ महिनाको अवधिमा मात्र शाखाले एकैपटक तीन वटा मृत्यु दाबी र एक घातक रोग दाबी गरी ४ वटा दाबी रकम हस्तान्तरण गरेको छ ।
प्यूठान नगरपालिका–४ थापाडाँडाका ६१ वर्षीय देवबहादुर भण्डारीलाई मिर्गौला रोगबाट पीडित भएका कारण घातक रोग वापत १० लाख र मृत्युपछि थप १० लाख साथै बोनस ८२ हजार ५ सयसहित २० लाख ८२ हजार ५ सय भुक्तानी गरिएको कम्पनीका प्यूठान शाखा प्रमुख चुरामणी पौडेलले जानकारी दिए । भण्डारीले १२ वर्षे अवधिका लागि बीमा गरे पनि तिन किस्ता मात्र भुक्तानी गरेका थिए ।
त्यस्तै, सरुमारानी गाउँपालिका–६ बुढीचौरका ३६ वर्षीय ताल बहादुर पुनमगरलाई जण्डिस संक्रमणका कारण मृत्यु भएपछि . ४ लाखको बीमांक र बोनस बापत १३ हजार ८ सय गरी ४ लाख १३ हजार ८ सय दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । पुनमगरले १५ वर्षे बीमा अवधिमा पहिलो वर्षको किस्ता मात्रै तिरेका थिए।
मल्लरानी गाउँपालिका–३ बर्बोटका ४५ वर्षीय ठाकुर पौडेलको भारतमा रोजगारीको क्रममा हृदयघातका कारण मृत्यु भएपछि २ लाख ५० हजारको मृत्यु दाबी रकम र वोनस बापत ३३ हजार ३ सय ३३ रुपैयाँ गरी २ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ उपलब्ध गराइएको कम्पनीले जनाएको छ।१५ वर्षे अवधिको बीमा गरेका पौडेलले ४ किस्ता मात्र भुक्तानी गरेका थिए ।
बीमालेखनको सर्तअनुसार प्रिमियमको केही किस्ता मात्र भुक्तानी भए पनि, यदि घटना बीमा अवधिभित्र घटेको छ भने कम्पनीले सम्झौताअनुसार पूर्ण दाबी रकम उपलब्ध गराउने नीति अवलम्बन गर्दै आएको प्यूठान शाखाका प्रमुख पौडेलले बताए । उनले भने, “बीमा भनेको जीवनमा आउने अनपेक्षित संकटको क्षणमा आर्थिक सहारा हो, त्यसैले हामीले हकवालालाई समयमै भुक्तानी दिन प्राथमिकता दिएका छौं।” उनका अनुसार ४ बीमा दावीमा २७ लाख ७९ हजार ६ सय ३३ रुपैयाँ कम्पनीले भुक्तानी गरेको जनाएको छ । समयमै भुक्तानीले ग्रामीण क्षेत्रमा बीमाप्रति विश्वास बढाउने र थप नागरिकलाई बीमा कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ पौडेलले बताए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्यूठान शाखाले बीमितको मृत्यु र घातक रोगका घटनामा समयमै दाबी भुक्तानी गर्दै आएको बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...