News Portal

रेडियो सुन्नुहोस्

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

झुलेनी नेटवर्क२०८३ वैशाख ३१
२४० पटक
२०८३ वैशाख ३१

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई प्यूठानको आयोजनामा भएको तीन दिने तालिमको विहिबार समापन गरिएको छ ।

मंगलबारदेखि सञ्चालन भएको तालिममा अदुवा खेती, प्रविधि, प्रशोधन तथा क्याण्डिको परिचय, बनाउने प्रविधि र तरिकाको बारेमा जानकारी गराईएको कार्यालय प्रमुख चुमान सिँह गिरीले बताए ।

यो तालिम आफुहरुका लागि नयाँ भएको सहभागिले बताएका छन् । तीन दिनसम्म चलेको जिल्लास्तरिय तालिमको प्रशिक्षक राष्टिय अदुवावालि अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका प्राविधिक सूर्य भुषाल रहेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले उत्पादनको प्रशोधन र बजारिकरण गरि कृषकको आम्दानी बृद्धि गर्न यस्ता तालिम प्रभावकारी हुने बताए । सहभागिको तर्फबाट भनाई राख्दै नविनकुमार श्रेष्ठ र रेखा बस्यालले तालिम आफुहरुको निम्ति निकै फलदायि हुने वताए ।

कार्यालय प्रमुख गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन जयन्ती मल्लले गर्नु गरेकि थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...