News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाको दोश्रौ चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

सिखबर संवाददाता१५ चैत्र, प्यूठान
५६४ पटक
१५ चैत्र, प्यूठान

प्यूठान नगरपालीकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएका गुनासाहरुको जवाफ दिदै प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतिले प्यूठान नगरपालीका जनताका गुनासा, समस्या र आलोचनाहरुलाई ग्रहण गर्दै अगाडि वढ्नमा प्रतिवद्ध रहेको वताएका छन्।

नगरपालीकाको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको सहजिकरण र फुलवारी एकिकृत ग्रामिण विकास संस्था पहल कार्यक्रमको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले कर संकलन कार्य वर्डा र समुदायस्तरमा पुग्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज वनाउनुपर्ने लगायतका सुझाव दिएका थिए। गुनासा र सुझावउपर वोल्दै मेयर कक्षपतिले सफ्टवेरको विकास गरि कर वडा वडावाट वुझने व्यवस्था मिलाउने प्रयत्न भईरहेको वताए। त्यस्तै सामाजिक सुरक्षा भत्ता वैंक खातामार्फत प्रदान गर्न वैंकहरुसंग संझौता भईसकेको, केहि वैंकले काम सुरु गरेको र नगरेकाहरुलाई ताकेता गरिने वताए।

कार्यक्रममा पुर्व गृह सहायक मन्त्रि टंकवहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रे, उपमेयर शान्ता आचार्य, राजनितीक दलका प्रमुखहरु, वर्डा अध्यक्ष तथा जनप्रतिनिधी, नागरिक समाजका अगुवा र सर्वसाधारणको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...