News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाको दोश्रौ चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

सिखबर संवाददाता१५ चैत्र, प्यूठान
१०३७ पटक
१५ चैत्र, प्यूठान

प्यूठान नगरपालीकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएका गुनासाहरुको जवाफ दिदै प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतिले प्यूठान नगरपालीका जनताका गुनासा, समस्या र आलोचनाहरुलाई ग्रहण गर्दै अगाडि वढ्नमा प्रतिवद्ध रहेको वताएका छन्।

नगरपालीकाको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको सहजिकरण र फुलवारी एकिकृत ग्रामिण विकास संस्था पहल कार्यक्रमको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले कर संकलन कार्य वर्डा र समुदायस्तरमा पुग्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज वनाउनुपर्ने लगायतका सुझाव दिएका थिए। गुनासा र सुझावउपर वोल्दै मेयर कक्षपतिले सफ्टवेरको विकास गरि कर वडा वडावाट वुझने व्यवस्था मिलाउने प्रयत्न भईरहेको वताए। त्यस्तै सामाजिक सुरक्षा भत्ता वैंक खातामार्फत प्रदान गर्न वैंकहरुसंग संझौता भईसकेको, केहि वैंकले काम सुरु गरेको र नगरेकाहरुलाई ताकेता गरिने वताए।

कार्यक्रममा पुर्व गृह सहायक मन्त्रि टंकवहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रे, उपमेयर शान्ता आचार्य, राजनितीक दलका प्रमुखहरु, वर्डा अध्यक्ष तथा जनप्रतिनिधी, नागरिक समाजका अगुवा र सर्वसाधारणको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...