


पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन सरकारले देश नै लगडाउन गरिरहेको बेला प्यूठान नगरपालिका ४ नयाँबजार जुम्री बसपार्क निवासी युवा नेता बल बहादुर के.सी (शिशिर)ले घरभाडा नलिने घोषणा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला समिति सदस्य समेत रहेका युवा नेता शिशिरले बिपतको बेला कुनै पनि ब्यवसाय नचलेको भन्दै आफुले दिएको सटरको भाडा नलिने घोषणा गरेका हुन्। उनले भने–“ यो संकटको समयमा ब्यवसायमा प्रत्यक्ष प्रभाव परेकाले त्यसको असर घरभाडामा लिएर जीविकोपार्जन गर्नेहरुमा परेको भन्दै एक महिनाको भाडा नलिने भएको हुँ।”
केसीको घरमा प्यूठान नगरपालिका ३ बिजयनगर रातामाटा निवासी सिता भट्टले भाडामा लिएर नास्ता पसल संचालन गर्दै आएकी थिईन्।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

