News Portal

रेडियो सुन्नुहोस्

झोलमलको फाईदा , बनाउने विधि र यसको प्रयोग

दिपक काफ्ले१८ भदौ २०७७
२९५८ पटक
१८ भदौ २०७७

परिचय
गाईभँैसीको पिसाब तथा स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद भएका बोटविरुवाहरु जस्तै निम, तितेपाती, वनमारा, असुरो आदी प्रयोग गरी बनाईएको मललाई झोल मल अथवा गिती मल भनिन्छ । यसलाई जैविक विषादी तथा जैविक मल दुवै दृष्टिकोणले प्रयोग गरीन्छ । आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलव , वातावरणिय दृष्टिकोणले उपयुक्त हुने तथा मानव स्वास्थामा असर नपु्याउने हँदा आजभोलि यसको प्रयोग बढेको पाइन्छ ।

जौबिक बिषादी किन ?
बिषादीका लागि प्रयोग हुनेस्रोतसाधन स्थानीय रुपमा सजिलै उपलब्ध हुने,
तयार गर्न सरल र सजिलो,
कम खर्चिलो,
स्वास्थ्यमा असर नगर्नेर्,
शत्रु जीवबाट बालीलाई जोगाउने मित्र जीवको सुरक्षा हुने ।

आवश्यक सामाग्रीहरू
स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद आउने हरीयो पातहरु जस्तै निम, तितेपाती, वनमारा, असुरा, बकाइनो, सयसत्री, खुर्सानी, लसुन, प्याज, इत्यादि ।
गाईभँैसीको काँचो गोबर र पिसाब ।
पानी इ.एम. झोल

तयार गर्ने विधि
माथि उल्लिखित सामाग्रीहरू लाई टुक्राएर मसीनो पार्ने
२० लिटर ड्रममा झोल मल तयार पार्न १० के.जी मसिना टुक्रा पातहरु ड्रममा राख्ने ।
त्यसमा ४ लिटर गाईभँैसीको पिसाब, १ लिटर इ.एम र १ के.जी काठको धुलो मिसाउने ।
यसरी तयार पारीएको मिश्रणलाई हावा नछिर्ने गरी ड्रममा बन्द गरी घाम लाग्ने ठाँउमा राख्ने र प्रत्यक २–२ दिनको फरकमा चलाउदै जाने ।
गर्मी समयमा यसरी बनाईएको झोलमल ३ हप्तामा प्रयोग गर्न योग्य हुन्छ भने जाडो समयमा ४–५ हप्ता पछी प्रयोग गर्न योग्य हुन्छ ।

प्रयोग गर्ने विधि
यसरी प्रयोग गर्न तयार भएको मिश्रणबाट १ लिटर झोल निकालि ८ लिटर पानि मिसाई कलिलो विरुवामा प्रयोग गर्न सकिन्छ भने अलि पछीको बिरुवाको अवस्थामा १ लिटर झोलमल ४ लिटर पानि मिसाउदा उपयुक्त हुन्छ ।

फाईदाहरु
झोलमल आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलव , वातावरणिय दृष्टिकोणले उपयुक्त हुने तथा मानव स्वास्थामा असर पु्याउँदैन
यसले जैविक मल, जैविक विषादी दुबैको काम गर्छ ।
स्थानिया बोटबिरुवा तथा गाईभँैसीको पिसाब प्रयोग सकिन्छ ।
बाली विरुवामा क्षती पुु¥याउने किरा धपाउन मद्दत गर्दछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...