News Portal

रेडियो सुन्नुहोस्

झोलमलको फाईदा , बनाउने विधि र यसको प्रयोग

दिपक काफ्ले१८ भदौ २०७७
३२१७ पटक
१८ भदौ २०७७

परिचय
गाईभँैसीको पिसाब तथा स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद भएका बोटविरुवाहरु जस्तै निम, तितेपाती, वनमारा, असुरो आदी प्रयोग गरी बनाईएको मललाई झोल मल अथवा गिती मल भनिन्छ । यसलाई जैविक विषादी तथा जैविक मल दुवै दृष्टिकोणले प्रयोग गरीन्छ । आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलव , वातावरणिय दृष्टिकोणले उपयुक्त हुने तथा मानव स्वास्थामा असर नपु्याउने हँदा आजभोलि यसको प्रयोग बढेको पाइन्छ ।

जौबिक बिषादी किन ?
बिषादीका लागि प्रयोग हुनेस्रोतसाधन स्थानीय रुपमा सजिलै उपलब्ध हुने,
तयार गर्न सरल र सजिलो,
कम खर्चिलो,
स्वास्थ्यमा असर नगर्नेर्,
शत्रु जीवबाट बालीलाई जोगाउने मित्र जीवको सुरक्षा हुने ।

आवश्यक सामाग्रीहरू
स्थानिया स्तरमा पाईने अमिलो, टर्रो, पिरो, तितो स्वाद आउने हरीयो पातहरु जस्तै निम, तितेपाती, वनमारा, असुरा, बकाइनो, सयसत्री, खुर्सानी, लसुन, प्याज, इत्यादि ।
गाईभँैसीको काँचो गोबर र पिसाब ।
पानी इ.एम. झोल

तयार गर्ने विधि
माथि उल्लिखित सामाग्रीहरू लाई टुक्राएर मसीनो पार्ने
२० लिटर ड्रममा झोल मल तयार पार्न १० के.जी मसिना टुक्रा पातहरु ड्रममा राख्ने ।
त्यसमा ४ लिटर गाईभँैसीको पिसाब, १ लिटर इ.एम र १ के.जी काठको धुलो मिसाउने ।
यसरी तयार पारीएको मिश्रणलाई हावा नछिर्ने गरी ड्रममा बन्द गरी घाम लाग्ने ठाँउमा राख्ने र प्रत्यक २–२ दिनको फरकमा चलाउदै जाने ।
गर्मी समयमा यसरी बनाईएको झोलमल ३ हप्तामा प्रयोग गर्न योग्य हुन्छ भने जाडो समयमा ४–५ हप्ता पछी प्रयोग गर्न योग्य हुन्छ ।

प्रयोग गर्ने विधि
यसरी प्रयोग गर्न तयार भएको मिश्रणबाट १ लिटर झोल निकालि ८ लिटर पानि मिसाई कलिलो विरुवामा प्रयोग गर्न सकिन्छ भने अलि पछीको बिरुवाको अवस्थामा १ लिटर झोलमल ४ लिटर पानि मिसाउदा उपयुक्त हुन्छ ।

फाईदाहरु
झोलमल आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलव , वातावरणिय दृष्टिकोणले उपयुक्त हुने तथा मानव स्वास्थामा असर पु्याउँदैन
यसले जैविक मल, जैविक विषादी दुबैको काम गर्छ ।
स्थानिया बोटबिरुवा तथा गाईभँैसीको पिसाब प्रयोग सकिन्छ ।
बाली विरुवामा क्षती पुु¥याउने किरा धपाउन मद्दत गर्दछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...