News Portal

रेडियो सुन्नुहोस्

पहिले दलित भित्रकै विभेदको अन्त्य गरौं

सम्झना वि.क
११३९ पटक

समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेकोस शैक्षिक, सामाजिक र आर्थिक हिसाबले पछि परेको शोषण तथा उत्पीडन लादिएको एवम् थिचिएको, कुल्चिएको, दलिएको, अछूत बनाइएको र दमनमा पारिएको जातिलाई दलित भनिन्छ भनेर समाजले परिभाषित गरेको छ । दलितमाथि हुने गरेको विभेद, उत्पीडन र छुवाछूतको विषयमा पुस्तक, लेख तथा अनुसन्धानहरु धेरै नै प्रकाशनमा आउने गरेका छन् । दलितमात्र होइन गैरदलित समुदायका विभिन्न व्यक्तिहरुले पनि यस विषयमा प्रशस्तै बोल्ने र लेख्ने गरेको पाइन्छ।
म आफैँ पनि दलित (विश्वकर्मा) समुदायबाट प्रतिनिधित्व गर्छु । आफैँले समेत देखेको अनुभव र परिवर्तनका लागि गरेको प्रयासलाई आधार बनाएर मैले यो लेख लेख्ने प्रयास गरेकी छु ।
केही समय अगाडिको कुरा हो । मेरो एकजना आफन्तले सार्की समुदायको केटासँग प्रेम विवाह गर्नुभएको थियो । माइती पक्षले भने उहाँको विवाहलाई स्वीकार गरेको थिएन । साथै केटा पक्षको परिवारले पनि ‘कामी त हामीभन्दा तल्लो जात हो, हामी त उपल्लो हौँ’ भनी उपेक्षा ग¥यो । आफ्नो कुलको बुहारी नभएकाले उनलाई खासै राम्रो व्यवहार गरिएको छैन।
त्यस्तै अर्की एकजना बहिनी पनि दमाई जातको केटासँगको प्रेम सम्बन्धमा थिइन्। दुवैको प्रेम झाँगिदै गएपछि प्रेमलाई विवाहमा परिणत गरेका थिए । सो विवाहका कारण उनले माइतीघरलाई भने सदाका लागि बिर्सिनु प¥यो । केही समयपछि जब बहिनी दुई जीउकी भइन् तब छोरी त्यागेका बा–आमाको मन छोरीको अवस्था र अभावले पग्लिँदै गयो र छोरीलाई माइत बोलाउने कुरा आफ्ना दाजुभाइ समक्ष राखे । कुरो चुरोमा पुग्न नपाउँदै दाजुभाइले ठाडै अस्वीकार गरिदिए । हामी यो कुरा मान्दैनौँ । छोरीले गुहु खाई । अब तिमीहरूले त्यस्ती छोरीलाई घरमा ल्यायौ भने कुल बिग्रिने भएकाले यसको सजाय तिमीहरूले भोग्नुपर्छ ।आफ्ना दाजुभाइ तथा आफन्तहरुको रूखो वचनले आमा–बाबुको मन पनि टुट्यो । दाजुभाइ एवम् समाजबाट अलग हुनुपर्ने डरले उनीहरूले छोरीका लागि खुला गर्न लागेको दैलोमा पुनः भोटेताल्चा ठोक्न बाध्य भए ।
हाम्रो एकजना आफन्त पण्डित हुनुहुन्छ। आफ्नै खलकको कुलको मन्दिरको पुजारी उहाँ नै हुनुहुन्छ । उहाँ आफ्नो कुलकै पण्डित भएपछि हामीलाई बिहे, व्रतबन्ध, पूजाआजा तथा अन्य कार्यमा पण्डित खोज्नुपर्ने झन्झट हुँदैन । यसले हामीलाई धेरै सहज बनाएको पनि छ । तर, कामी, दमाई, तामाङ एवम् बाहुनहरुको मुख्य बसोबास रहेको हाम्रो गाउँमा बाहुन र तामाङबाहेक दमाईको घरमा पानी नखाने गरेको उहाँ बताउनुहुन्छ । आजसम्म पनि नखाएको र अब पनि नखाने गर्वका साथ बताउने गर्नुहुन्छ ।
गाउँघरमा मेलापात तथा अनेक कार्यहरुमा समेत दलित समुदायको बीचमा नै पानी बाराबारको स्थिति छ । उपल्लो जातका भनिने (विशेषगरी ब्राह्मण, क्षेत्री) समुदायका मानिसहरुले मात्र होइन दलित समुदायकै आफूलाई उपल्लो ठान्ने मानिसहरु समेत तल्लो ठानिनेहरुलाई होटलमा चिया तथा मदिरा सेवन गरेपछि भाँडा माझ्न बाध्य बनाएका घटनाहरु बग्रेल्ती पाइन्छन् । सामुहिक भोजभतेरमा पनि ‘उपल्ला’ दलितले ‘तल्ला’ दलितलाई प्रत्यक्ष वा परोक्ष ढंगले विभेद तथा छुवाछूत गर्ने गरेका छन् ।
बाटोमा कोही कतै फोहरीजस्तो भएर हिँड्यो भने ‘कस्तो दमाई कामीजस्तो भएर हिँडेको’ भन्ने गरेको हामीले सुन्दै र भोग्दै आइरहेकै छौँ । अहिले पनि जाजरकोटका नवराज विक, काभ्रेका अजित मिजारलगायत कैयोँले गैरदलितसँग प्रेम र विवाह गर्न खोजेकै कारण मृत्युवरण गर्नु परिरहेको छ । विभेद, छुवाछूत तथा उत्पीडनका घटनाहरु दैनिक बढिरहेकै छन् । उच्च जातका भनिनेहरु हत्या हिंसामै उत्रिनु जातीय छुवाछूतको पराकाष्ठा हो । समाजको यही तहगत संरचनाका कारण दलित दलितबीचमा पनि भेदभावको अग्लो पर्खाल खडा भएको छ । कामीसँग माझी, सार्की, दमाईलगायतको बिहेवारी नचल्ने स्थिति कायमै छ । पानी चल्ने त कुरै भएन । दलित समुदायभित्रै असमानता र भेदभावको सिर्जना गर्नमा दलितहरुको आफ्नै भूमिका पनि कम जिम्मेवार छैन।
काम र पेशालाई आधार बनाएर जातप्रथालाई स्थायित्व दिने काम गरियोे। ठालुहरुको स्वार्थद्वारा सिर्जित जात व्यवस्थाको अन्त्यका लागि सर्वप्रथम दलित–दलितबीचमै रहेको यस्तो खाडल पुरिनु आवश्यक छ। हामीले सधैं आवाज उठाउँदै आएको गैरदलितले दलितलाई छुवाछूत तथा विभेद गरेको विषयमा ठूलो आवाज उठाउने तर के दलितभित्रकै यो डरलाग्दो विभेद मेटाउनका लागि अग्रसर हुनु आवश्यक छैन र ? विभेद तथा छुवाछूत कायम रहनु र पछि पर्नुमा किन चाउरिस् मरिच, आफ्नै रागले भनेजस्तै दलितहरु नै दोषी छैनन् र ?
वास्तवमा दलितहरु वैज्ञानिक र इन्जिनियरहरु हुन् । गाह्रो र दिमाग खियाएर गर्नुपर्ने काम सजिलोसँग गर्ने सामथ्र्य राख्छन् । फलामबाट हँसिया, कुटो, कोदालोजस्ता साधनस पहेँलो धातु (सुन) का बहुमूल्य गरगहनास शरीर ढाग्ने लुगास खुट्टाको सुरक्षा र शोभाका लागि जुत्ता, चप्पलस मन्दिरमा चिटिक्क पारेर सजाइने देवीदेवताका मुर्ति आदि दलितहरुले नै बनाएका हुन् । जातीय भेदभाव मान्छेले नै सुरूवात गरेको हो र समतामूलक समाजको निर्माणमा पनि दलित एवम् गैरदलित दुवै समुदायले उत्तिकै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु जरूरी छ । त्यसका लागि दलितभित्रकै विभेदको अन्त्य प्रमुख सर्त हो । अब मानवले मानवमाथि गर्ने सबै प्रकारका छुवाछूत, विभेद, शोषण, उत्पीडनलगायतका असमानताहरुको अन्त्य हुनुपर्छ ।

साभार ः लिस्ने जनसञ्चार साप्ताहिक

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...