प्यूठान जिल्लामा क्रियासिल दुई विध्यार्थी संगठनले जिल्लामा भैरहेको विद्युत अनियमिततावारे नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।
जिल्लामा भईरहेको विद्युत अनियमिततालाई अघोसित लोडसेडिङको रुपमा लिदै आवस्यक प्रवन्ध मिलाई विध्युत नियमित गर्न अनेरास्ववियू र नेपाल विध्यार्थी संघले नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र वुझाएको अनेरास्ववियू प्यूठानका जिल्ला संयोजक जाल वहादुर के.सी ले वताउनु भयो।
“विगत केहिदिन देखि विद्युत नियमित आपुर्तिमा सहजता नभएको र यो प्रकारको समस्यालाइ हामिले अघोषित लोडसेडिङका रुपमा लिएका छौं।” ध्यानाकर्षण पत्रमा भनिएको छ-“यथासिघ्र समस्या समाधान गरि प्यूठानी जनतालाई विध्युत आपुर्तीमा सहज रुपमा सेवा प्रवाह गर्नका निम्ति ध्यानाकर्षण गराउदै यस ध्यानाकर्षणलाई बेवास्ता गरेमा त्यसवाट उत्पन्न हुने क्षेतीको जिम्मेवार सम्वन्धित निकाय रहनेछ।”