News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा वजार अनुगमन, गुणस्तरहिन वस्तु नष्ट

मुल्यसुची राख्न र स्वास्थ्यसम्वन्धी मापदण्ड पूरा गर्न व्यवसायिलाई सुझाव

सिखबर संवाददाता२८ असोज, प्यूठान
१०३३ पटक
२८ असोज, प्यूठान

प्यूठान नगरपालिकाका वर्डा नं ४ विजुवार वजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद अर्याल को नेतृत्वको टोलिले वजार अनुगमन गरेको हो।

पसलहरु अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका, लेवलिङ नभएका र खान योग्य नरहेका चाउचाउ, विस्कुट, मिठाई, चाउमिन लगायतका पदार्थहरु नष्ट गरिएको अर्यालले जानकारी दिनुभयो। यस्तै कोरोना महामारी नियन्त्रणका लागि सरकारले वनाएको मापदण्ड पूरा नगर्ने ८ वटा पसल सञ्चालकहरुलाई पनि कारवाही गरिएको छ। अनुगमन टोलिले मुल्यसुची नभएकालाई तत्काल मुल्यसुची राख्न, नविकरण र कागजात अध्यावधिक नभएकालाई अध्यावधिक गर्न साथै अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गर्न सुझाव दिएको छ।

चाडपर्व नजिकिएका वेला हुनसक्ने कालावजारी, गुणस्तरहिन एवं अखाध्य वस्तु विक्रिवितरण नियन्त्रण एवं महामारी फैलनसक्ने जोखिम न्युनिकरणका लागि मापदण्ड कार्यन्वयन गर्न वजार अनुगमन गरिएको अर्यालले वताउनु भयो।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...