News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा वजार अनुगमन, गुणस्तरहिन वस्तु नष्ट

मुल्यसुची राख्न र स्वास्थ्यसम्वन्धी मापदण्ड पूरा गर्न व्यवसायिलाई सुझाव

सिखबर संवाददाता२८ असोज, प्यूठान
१७८४ पटक
२८ असोज, प्यूठान

प्यूठान नगरपालिकाका वर्डा नं ४ विजुवार वजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद अर्याल को नेतृत्वको टोलिले वजार अनुगमन गरेको हो।

पसलहरु अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका, लेवलिङ नभएका र खान योग्य नरहेका चाउचाउ, विस्कुट, मिठाई, चाउमिन लगायतका पदार्थहरु नष्ट गरिएको अर्यालले जानकारी दिनुभयो। यस्तै कोरोना महामारी नियन्त्रणका लागि सरकारले वनाएको मापदण्ड पूरा नगर्ने ८ वटा पसल सञ्चालकहरुलाई पनि कारवाही गरिएको छ। अनुगमन टोलिले मुल्यसुची नभएकालाई तत्काल मुल्यसुची राख्न, नविकरण र कागजात अध्यावधिक नभएकालाई अध्यावधिक गर्न साथै अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गर्न सुझाव दिएको छ।

चाडपर्व नजिकिएका वेला हुनसक्ने कालावजारी, गुणस्तरहिन एवं अखाध्य वस्तु विक्रिवितरण नियन्त्रण एवं महामारी फैलनसक्ने जोखिम न्युनिकरणका लागि मापदण्ड कार्यन्वयन गर्न वजार अनुगमन गरिएको अर्यालले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...