News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी आश्रमको खानेपानी सामाधानका लागि मन्दिर परिसरबाट मन्त्रीको तोकआदेश , ऐतिहासिक दिनको रुपमा स्थापित हुने अपेक्षा

नोमराज पौडेलमाघ १५ , २०७७
२४१९ पटक
माघ १५ , २०७७

प्युठान स्वर्गद्धारी, पाच पाण्डवहरु हिडेरै स्वर्ग गएको धार्मिक विस्वास रहेको नेपालको सातधाम मध्येको एक धाम तथा प्युठानको प्रमुख धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिरमा विहिबार छुट्टै माहोल देखियो।

चर्चित मन्दिर भएकोले त्यहाँ जाने भक्तजनहरु त्यसैपनि खुसी हुन्छन् र दर्शन गरि आफ्नो मनोकामना पुरा हुने आशाले फर्किन्छन्। त्यसमा पनि आज स्वस्थानी बर्त कथा आरम्भ हुने पुर्णिमाको दिन तिर्थालु भत्तजनहरुको निकै नै घुँईचो देखिन्थ्यो।स्वर्गद्धारीमा जाने भक्तजनको गुनासो खानेपानी र स्नान गर्ने पानीको अभाव नै हो। केहि प्रयासहरु भएता पनि प्रर्याप्त मात्रामा खानेपानीको अभाव झेल्नुपरेको धेरै बर्ष भैसकेको छ। खानेपानी मन्त्री मणीचन्द्र थापा सहितको टोली स्वर्गद्धारी मन्दिर दर्शनको लागि स्वर्गद्धारीमा पुगेको बेला त्यहाँका गुरु तथा बटुकहरुले खानेपानीको समस्याको बिषयमा मन्त्री ज्युलाई जानकारी गराए।
प्युठान नगरपालिका वडा नं. ८ गेजवाङमा जन्मिनु भएका मन्त्री थापाले स्वर्गद्धारीको खानेपानीको समस्या समाधान गर्ने सोच बनाउनुभयो। र एक हप्ता भित्रमै मन्त्रालयका सचिव सहितको टोली संग छलफल गरि स्वर्गद्धारीमै छलफल गरेर निर्णय गर्ने कार्यक्रम तय भयो। त्यसै सिलसिलामा मन्त्री सहितको टोली विहिवार स्वर्गद्धारी आश्रम पुग्यो। मन्त्री थापा संगै खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मिना श्रेष्ठ , उपमहानिर्देशक सुर्यराज कडेल लगाएतको टोली स्वर्गद्धारी पुगेको हो। मन्दिरको दर्शन गरेर मन्त्री सहितको टोली संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना अर्घाखाँची तथा बुटवलको आयोजनामा हुने अन्तरक्रियामा सहभागि भएको हो।

महानिर्देशक मिना श्रेष्ठको आयोजनामा भएको कार्यक्रममा मन्त्री थापा प्रमुख अतिथि हुनुभयो भने बिशिष्ट अतिथि सचिव माधव बेल्वासे हुनुभएको थियो। कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले स्वर्गद्धारीमा खानेपानीको अवस्थाको बिषयमा जानकारी गराउँदै माडीखोलाको पानी लिफ्टबाट लैजानुको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा आश्रमको तर्फबाट गुरुहरुले माग पत्र मन्त्रीलाई माडीको पानी ल्याउनुपर्ने विकल्प अगाडि सार्दै बुझायो। मन्त्री थापाले कार्यक्रम स्थलमै हस्ताक्षर गरेर तोक आदेश दिई सचिवलाई बुझाउनुभयो। त्यसपछि माहोल अलि बदलियो। कार्यक्रमका संचालक सुर्यराज कँडेलले स्वर्गद्धारीको बिषयमा निकै गुनगान गाउनुभयो। त्यसले पनि सबैलाई थप आशा जगाएको थियो। कार्यक्रममा सचिव माधव बेल्वासेले आफु २०६४ सालतिर आएको स्मरण गर्दै एक हप्तामा बिज्ञटोली पठाएर अध्ययन सूरु गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँको कुरा सुनेपछि कार्यक्रममा सहभागि सबैले तालि बजाए। सचिव बेल्वासेले बैशाख भित्र डिपिआर तयार गरि अर्को आर्थिक बर्षमा बजेटको ब्यवस्था गरेर काम सुरु गर्ने बताउनुभयो। उहाँले स्वर्गजाने द्धारको रुपमा चिनिने स्वर्गद्धारीमा खानेपानीको समस्यालाई सधैका लागि अन्त्य गर्ने बताउनुभयो। सहभागि जिल्लाबासी खासगरि स्वर्गद्धारी नगरपालिकाबासीहरु निकै खुसी देखिन्थे। पबित्र ठाउँ स्वर्गद्धारीको खानेपानीको समस्यालाई समाधान गर्न आफुले स्थलमै आएर मन्त्रालयको टोली सहित अन्तरक्रिया गरेको मन्त्री मणीचन्द्र थापाले जानकारी दिनुभयो।
जिल्लाको इतिहासमा कार्यक्रम स्थलमै तोकआदेश गरेर मन्त्रीस्तरीय निर्णय गरेको यो सम्भवतः पहिलो काम हो। जुन खानेपानी मन्त्री मणीथापाले स्वर्गद्धारीबाट सुरु गर्नुभयो। स्वर्गद्धारीमा आउने लाखौं भक्तजन, गुरु,बटुक र गाईहरुका लागि खानेपानी आउनेमा सबै आशाबादी रहेका छन्। बिहीबार जुन माहोल देखियो। यो तत्कालै कार्यान्वयन भएर बर्षौको समस्या समाधान हुने आशा गरिएको छ।यो निर्णयले साँच्चीकै मन्त्री थापाले प्युठानी जनताको मन जित्नुभएको छ। उहाँको कार्यकालमा यो सुरु गरि सधैलाई समस्या समाधान भएर जावस्। मन्त्री थापाले आफ्नो जिल्लामा रहेको स्वर्गद्धारीको खानेपानी समस्याको समाधान गर्ने मन्त्री स्तरीय निर्णय स्वर्गद्धारीमै बसेर गर्नु निकै उत्कृष्ट काम हो। यसलाई चौतर्फी प्रसंसा गरिएको छ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...