News Portal

रेडियो सुन्नुहोस्

प्यूठान कांग्रेस कार्यकर्ताको बुटवलमा छलफल

काठमाडौमा गरिएको पदाधिकारी भागविलो नमान्ने निर्णय

बिमल प्रसाद पोख्रेल२०७८ साउन १७
६८७ पटक
२०७८ साउन १७

प्यूठान । नेपाली कांगेस झिमरुक गाउॅपालिका प्यूठानका क्रियासिल सदस्य तथा सक्रिय कार्यकर्ताहरुको शनिबार बुटवलमा चियापन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपाली कांग्रस प्यूठानको आसन्न महाधिवेसन तथा झिमरुक गाउॅपालिकाको बिकास निर्माणको बिषयमा छलफल गरेको कार्यक्रममा सहभागि प्रदिप खत्रीले जानकारी दिए ।

नेपाली कांगेस प्यूठानका नेताहरुले क्रियासिल सदस्य विवाद मिलाउने क्रममा काठमाडौमा बसेर पदाधिकारी भागबिलो लगाई पार्टी र बिधानको बिपरित काम गरेकाले त्यसको बिरोध गर्ने भेलाले निणर्य गरेको जनाएका छन् । नयॉ नेतृत्व चयन गर्दा गरिने लोकतान्त्रिक मूल्य र मान्यताको अबज्ञा गरि गरेको निणर्यको बिरोध गरीएको उनीहरुको भनाइ छ ।

 

काठमाडौमा बसेर गरिएको निणर्यमा समर्धन नगर्न नगराउन गाउॅपालिका सभापति लगायतको नेतृत्वलाई आग्रह गर्ने निणर्य भएको कार्यक्रमा सहभागि श्रीधर पोख्रेलले बताए । नेपाली कांग्रेस झिमरुकको नेतृत्वमा प्रभाबशालि ब्यक्तिलाई पठाउने र झिमरुक गाउॅपालिकाबाट क्षेत्र नम्बर दुईको क्षेत्रिय सभातिका लागि योग्य सक्षम नेतृत्वलाई उमेद्वार बनाई आसन्न महाधिवेसनमा भिड्ने निणर्य समेत उनीहरुले गरेकाछन् ।

छलफलमा पदम प्रताब जी सी, प्रदिप खत्रि,भुवन महत,बिजय जीसी ,श्रीधर पोख्रेल,अनन्त रोका, बिकास थापा,नवीन पोख्रेल,जगत जी सी माधब के सी,कृष्ण जि सि लगायतका कांग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...