News Portal

रेडियो सुन्नुहोस्

३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस रोल्पाको होलेरीमा

नबराज राना२०७८ असोज १५
७९० पटक
२०७८ असोज १५

“सबै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु बिच अन्तरक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।

कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्बन्धी अन्र्तक्रिया गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिकबाट आएको प्रश्न तथा विचार संग सरोकारवाला बिच बृहत छलफल समेत भएको बताईएको छ ।

जेष्ठ नागरिक मिलन केन्द्र होलेरीको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक दिर्घ बहादुर खड्का रहनु भएको थियो भने प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना ,विशिष्ट अतीथीमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिबराज थापा,प्राथमिक स्वास्थ्य केन्द्र होलेरी का डा.विशाल कवंर,लगायत स्थानिय जेष्ठ नागरिकहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।

जेष्ठ नागरिक रुद्रमणि सुवेदी को स्वागत मन्तव्य वाट सुरु गरिएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख शिला मल्ले गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...