News Portal

रेडियो सुन्नुहोस्

’अर्कैथोक’को सर्जन!

डा. युगल ज्योति नेपाल२०७८ असोज २५, प्यूठान
१०४६ पटक
२०७८ असोज २५, प्यूठान

आज बिहान मोबाइलमा फेसबुकका पाना पल्टाउदै गर्दा हजुरआमाको फोटो आयो। मेरो हजुरआमा बितेको पनि झन्डै तीन वर्ष पुग्न आँटेछ। हजुरआमाको त्यो मुस्कुराएको फोटो देखेर रमाइलो प्रसङ्ग याद आयो। कुरा केही वर्ष अघिको हो। ८४ वर्षकी हजूरआमाले मलाई गोडा र घुँड़ा दुख्ने समस्याको बारेमा बताउनुभयो। बुढेसकाल लागेपछि जोर्नीको समस्या आउनु स्वभाविक हो। उहाँको जिज्ञासा कुन डाक्टरलाई देखाउन जाने भन्ने बारे थियो। यत्तिकैमा एमबिबिएस पढेर सकेको मेरो भाइले जवाफ दियो, “अर्थोपेडिक सर्जन”! एकदुई दिनपछि हजूरआमाकी साथी घरमा आउनुभयो। दूईजनाको कुरामा मेरो ध्यान जान पुग्यो। आर्की आमाको पनि समस्या घुँड़ा दुख्ने नै रहेछ। अनि मेरो हजूरआमाको बडो दंगसंगको आवाजÞ आयो– ’यसको लागि त अर्कै थोकको सर्जनलाई देखाउनु पर्छ।’

आधुनिक युगका मोर्डन डाक्टरहरु सानैदेखि बोर्डिङ्ग स्कूलमा पढेका हुन्छन्। सानैदेखि अंग्रेजी माध्यममा पढाइने भएकाले नेपालीमा भन्दा अंग्रेजीमा पोख्त हुन्छन्। यो बदलिदो सामाजिक परिवेश हो। स्कूल कलेजमा अंग्रेजी भाषामा पोख्त बनाइएका विद्यार्थीलाई मेडिकल कलेजमा अंग्रेजी भाषाका किताब पढ्न धेरै सजिलो हुन्छ। अंग्रेजी भाषामै जाँच दिएर पास पनि हुन्छन्। तर भाषाको चुनैती भने मेडिकल कलेजबाट निस्किएपछि थाहा हुन्छ।

एक डाक्टरको दैनिक कुराकानी हुने भनेको बिरामीसँग हो। र बिरामी जस्ता पनि हुनसक्छन्। कोही पढेलेखेका विद्धवान होलान भने कोही पढ्न नपाएका वा नपढेका पनि होलान। एक डाक्टरलाई भाषाको महत्व त्यति बेला थाहा हुन्छ जब रोगको बारेमा बिरामीलाई परामर्श दिनुपर्ने हुन्छ। आधुनिक युगका मोर्नड डाक्टरहरुले बिरामीसँगको कुराकानीमा मेडिकल शब्दहरुको प्रयोग गरेको पनि धेरै ठाउँमा पाइएको हुन्छ। रोगको नामाकरण अंग्रेजीमा हुन्छ, त्यस्कारण पनि नेपाली भाषामा कतिपय रोगका बारेमा बुझाउन कठिनाई पर्छ। र कतिपय रोग नेपाली भाषामा पनि नामाकरण भइसकेका छन्, जसका बारेमा थाहानहुन सक्छ।

एमबिबिएस पछिको एक बर्षको र मास्टर्सपछिको ९ महिनाको दुर्गम बसाईको क्रममा बिरामीसँगको कुराकानीले मलाई पनि भाषाको महत्व बुझ्ने मौका मिल्यो। पहिलेको एक वर्षको सुदूरपश्चिमको बसाईको क्रममा मैले सिकेको कुरा, एक त भाषा नै बेग्लै, त्यसमाथि केहि परामर्श दिन खोज्दा शब्द नभेटेर परामर्श नै दिन अफ्ठ्यारो परेको थुप्रै घटनाहरु छन्।

मेरो जस्ता हजूरआमाहरु जो अंग्रेजी बुझ्नुहुन्न अझै पनि नेपालको बहुसंख्यामा हुनुहुन्छ। मेरा नव–डाक्टर साथीहरु, आम समुदायले बुझ्ने भाषाको प्रयोग बढाउनेतर्फ लाग्ने कि!

(डा नेपाल हाल प्यूठान अस्पतालमा जेनेरल सर्जन भएर कार्यरत छन्।)

 

 

 

स्वास्थ्यखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...