News Portal

रेडियो सुन्नुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

झुलेनी नेटवर्क २०८२ माघ १६ गते
३०४ पटक
२०८२ माघ १६ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । मुख्यमन्त्री आचार्यले नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताए ।

सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरू कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गरेका छन् ।उनले नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवस देश र जनताको हितका लागि प्राण आहुति दिने वीर सहिदहरूको संघर्ष, त्याग र बलिदानको स्मरण गर्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा स्थापित गर्दै स्वाधीन, समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि सहिदहरूले गरेको बलिदानको सम्मानस्वरूप हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको स्मरण गराएका छन् ।सहिदहरूले देखेका सपना साकार पार्न तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकले साझा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले प्राप्त भएका सबै राजनीतिक, सामाजिक र संवैधानिक उपलब्धिहरू सहिदहरूको संघर्षकै परिणाम भएको बताए ।

सहिदहरूको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सामाजिक न्याय, विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...