News Portal

रेडियो सुन्नुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

झुलेनी नेटवर्क २०८२ माघ १४ गते
३८७ पटक
२०८२ माघ १४ गते

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल गरिरहेको छ। साथै विभिन्न विभाग तथा कमिटीहरुका बैठकहरु पनि चलिरहेका छन् ।  सोही क्रममा नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार बसेको जिल्ला सचिवालय बैठकले कमिटी बनाएको हो ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ब्यवस्थित गर्न परिचालन कमिटी गठन गरिको एमाले प्यूठानका अध्यक्ष बिजयविराज विष्टले जानकारी दिए। जिल्ला कमिटी, प्रदेश सल्लाहकार परिषद्, प्रदेश विभाग सदस्य, पालिका पदाधिकारी, जनवर्गिय संगठनका पदाधिकारी, पूर्व केन्द्रीय सदस्यहरु सम्मिलित कमिटी गठन गरिएको छ ।

बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी तोकेको छ । स्वर्गद्वारी नगरपालिकामा नेत्रबहादुर रोका, प्यूठान नगरपालिकामा लक्ष्मी प्रकाश राजभण्डारी, गौमुखीमा ज्ञानुमाया के‍सी, झिमरुकमा मान बहादुर जिसी, मल्लरानीमा दिपा पौडेल, ऐरावतीमा पुरन गुरुङ, माण्डबीमा श्रीधर रोका, नौबहिनीमा बिष्णु केसी र सरुमारानीमा जेबी बिश्वकर्मालाई संयोजकको जिम्मेवारी तोकेको हो । बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकले प्रदेश सल्लाहकार परिषद् सदस्यमा मनोनितहरुलाई बधाई ज्ञापन गरेको छ । मधुर शर्मा, टंकबहादुर खड्का र शिवसंकर पोख्रेललाई कार्यकालको शुभकामना सहित बधाई दिने निर्णय भएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि पार्टीले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सूर्य थापालाई उम्मेदवार बनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...