News Portal

रेडियो सुन्नुहोस्

मगरहरुको मौलिकता बच्यो : भाषा बचेन

तेजेन्द्र बि.एम.२०७८ असोज ३१
२०११ पटक
२०७८ असोज ३१

प्यूठान आसपास क्षेत्रमा बस्दै आएका मगर समुदायको मातृभाषा लोप हुँदै गएको छ । जिल्लामा आदिवासी जनजातीहरुको मौलिक रितिरिवाज बचेपनि मौलिक भाषा संरक्षण हुन सकेको छैन । जिल्लाको विभिन्न स्थानमा बसोवास गर्ने मगरहरुले मगर सम्बन्धी मौलिकता झल्कने पहिरन लगाउने गरेपनि आफ्नो मातृभाषा भने बोल्दैनन् ।

मगरहरुको भाषामा पुस्तान्तरण नहुँदा यो भाषा लोभ हुँदै गएको छ । १२ सय वर्ष अघि रुकुमको हुकाम मैकुट क्षेत्रबाट प्यूठानमा मगरहरु बसाईसरी आएको बताइन्छ । प्यूठानमा आदिबासी जनजातिहरुले राज्य गरेर बसेपछि कब्जा गरेका अधिकांस ठाउँका नाम मगर भाषामै राखिएका छन् ।

जिल्लाभर आदिवासीहरुको बाहुल्यता रहेको प्यूठानमा मातृभाषा लोप हुँदै गएकोमा मगर अनुवाहरु बताउँछन् । जिल्लाको साविक हंसपुर गाविसको सुजिनपूर, चावा र दाङबाङको मान्द्रे लगायतका ठाउँमा मात्र हाल मगर भाषाबोल्ने गर्दछन् । नौबहिनी गाउँपालिकाको स्याउलीवाङ, लिघा, डामृ, खबाङ, गौमुखी गाउँपालिकाको अर्खा, रजवारा, लिवाङमा मगर समुदायको बाहुल्यता छ रहेपनि यहाँ आफ्नो मातृभाषा बालिदैन ।

यहाँका समुदायले अन्य जातजातीका समुदायसँगको संगतले मातृभाषा लोप हुँदै गएको छ । मगर भाषा हराए पनि यहाँ मौलिकता झल्कने परम्परागत पोशाक भने लगाउने गरीन्छ । मगर भाषाको संरक्षणको लागि सरुमारानी गाउँपालिकाको जनता मा.वि.ले आधारभूत तहसम्म मगर भाषाको कक्षा सञ्चालन गर्दै आएको छ । जसका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको गाउँपालिका उपाध्यक्ष मिना सौमे मगरले बताइन् ।

उनका अनुसार सत्य गोरखनाथ प्रा.वि. सुजिनपूरमा पनि कक्षा सञ्चालनको लागि प्रक्रियामा रहेको छ । मगरहरुको महान पर्व माघे सकराती र फागुन १५ (मगर दिवस) को अबसरमा आयोजना गरिने कार्यक्रम र विद्यालयहरुमा मगर भाषा पठन पाठनको लागि बजेट समेत विनियोजन भइरहेको छ । ‘भेषभुषा र भाषा संरक्षणमा जोड दियौ भने मात्र हाम्रो जातिय अस्तित्व जोगिन्छ’, उनले भनिन्, ‘यसको लागि आफ्नो क्षेत्रबाट आवाज उठाइरहेका छौं ।’ यस्तै स्वर्गद्वारी नगरपालिकाको धनबाङमा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश र स्थानीय बासीको सकृयतामा मगर होम स्टे सञ्चालन गरिएको छ ।

मगर परम्परागत बाजा, महिला पुरुषको भेषभुषा र मगर समुदायका संस्कृति झल्कने लोपोन्मुख चिज बस्तुहरु यहा राखिएको वडा अध्यक्ष मिनराज राना मगरले बताए। माण्डवी गाउँपालिकाले पनि मगर समुदायलाई लक्षित गरि भाषा तथा भेषभुषा संरक्षणको लागि बजेट विनियोजन गर्ने अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिए । उनले मुलुकको सामाजिक–राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताउँदै राजनीतिक आन्दोलन समाप्त भएकोले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

आफ्नो भाषा, कला, भेषभुषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन हाम्रो चेतना स्तर बढाउनुपर्ने नेपाल मगर संघका केन्द्रिय सल्लाहकार भोज बिक्रम बुढा मगरले बताए । ‘हाम्रो जातिविशेषलाई लक्षित गरेर आएको बजेट स्थानीय तहहरुले अन्य शिर्षकमा खर्च गरिरहेका हुन्छन्, ‘उनले भने,‘ ति रकमहरु रकमान्तर हुन नदिन आवाज उठाउँन जरुरी छ ।’ ‘मगर संस्कृतिको रक्षा अरु कुनै जाति र समुदायले गर्दैनन्, तपाइँहरु आफैले गर्ने हो’, बुढामगरले भने । मगर भाषा लोप हुन थालेको भन्दै आफ्ना छोराछोरीलाई मातृभाषा पढाउने र आफ्नो भाषाप्रति गौरव गर्न उनको आग्रह छ । नौबहिनी गाउँपालिका उपाध्यक्ष घन बहादुर बुढामगरले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्ने बताए ।

प्यूठानमा बाङहरु
जिल्लाका अधिकांस ठाउँका नाम ‘बाङ’ बाट राखीएका छन् । संघीय संरचना अनुसार नयाँ संरचना नहुन्जेल जिल्लाका दर्जन बढी गाविस ‘बाङ’ जोडेर राखिएका थिए । मगर भाषामा ‘बाङ’ को अर्थ चौर हो । मगरहरुले बोल्ने मातृभाषालाई अठार मगर ात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरीएको छ । बाह्र मगरात अन्तर्गत पाल्पा, तनहुँ, बाग्लुङ तथा स्याङजा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ ।

अठार मगरातमा बोलिने मगर भाषालाई खाम भाषा भनिन्छ । प्यूठान, रोल्पा, रुकुम लगायतका ठाउँमा यो भाषा बोल्ने प्रचलन छ । जिल्लामा मगर भाषाबाट नामाकरण गरी राखीएका बस्तिहरु दर्जनौं छन् । स्याउलिबाङ, खलेसबाङ, खेर्जोबाङ, मोबाङ, जसेबाङ, खालिबाङ, पुबाङ, दल्सिबाङ, सिजुबाङ, झिबाङ, थोत्रे झिबाङ, खबाङ, पौरिबाङ, विबाङ, झरिबाङ, मौरिबाङ, कुचिबाङ, लितिबाङ, खातिबाङ, खलबाङ, सुत्लाबाङ, गुर्गिबाङ, लिबाङ, तोरबाङ, मर्काबाङ, गोठिबाङ, कोचिबाङ, बर्जिबाङ, धुबाङ, दाङबाङ लगायतका ठाउँहरु बाङ जोडिएर राखिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...