News Portal

रेडियो सुन्नुहोस्

चाडपर्वमा समेत सुनसान छन् गाउँ

टु आर क्षेत्री२०७८ कार्तिक १२, प्यूठान
७७१ पटक
२०७८ कार्तिक १२, प्यूठान

चार्डपर्व मध्येको महान चार्ड दशै, तिहार हो । जुन चार्डको आफ्नै धार्मिक विश्वास छ । नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहँुदा धेरै नेपाली रोजगारका लागि विदेशिनु परेको छ । वर्षभरी विदेशमा गरेको कामको थकानलाइ मेट्न दशैँ आगमनसँगै विदेशियका युवा स्वदेश भित्रने र माउने गर्थे । यसले गाउँमा दसै तिहार आएको रौनक छाउथेयो । प्यूठान नगरपालिकां २ आरनेटामा अधिकांश युवा रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएपछि यहाको गाउँ सुनसान छ । यस्तै यहाँको मसेरी, ढाडा, रिचि, आरधारा, कट्टेपखरा, सासखर्कका धेरै जसो युवाहरु पनि विदेशियका छन् । गरिवी, अशिक्षा, स्थानीय स्तरमा रोजगारको अवसर नपाउदा विदेशिनु परेको हो । गरिवीका कारण विचमै पढाइ छाडेर विदेशीने क्रममा कमि आउन सकेको छैन ।

केहि वर्ष अघिसम्म दशैँको आगमनसँग रोजगारका लागि विदेशियका युवाहरु गाउँघरमा फर्कन्थे । अन्य समयमा खालि हुने गाउँघरमा दशैँ तिहारको वेला भरिभराउ हुन्थ्यो । तर यस पटक भने केहि फरक पाइएको छ । चार्डपर्वको वेला भरिभराउ हुने गाउँ खाली छन् । युवा विहिन छन् । विश्वभर फैलिएको कोरोना भाइरस र त्यसपछि प्रभावले चाडपर्वमा पनि गाउँघर युवाविहिन भएका हुन् ।

कोरोना र त्यसपछिको प्रभावले दशै तिहारमा पनि घर नआएको रोजगारका लागि भारत पुगेका प्यूठान नगरपालिका २ आरनेटाका अर्जुन वि.कले बताए । ‘दशैँमा घर आउने भनेको थिए ,’उनले भने,‘ कोरोनाका कारण विचमा केहि समय रोजगार विहिन हुनुपर्यो ।’ दशैँ आउने वेला कोरोना कम हुदै गयो, रोजगारी मिलेपछि दसैमा घर नफर्केको बिःकले बताए ।

आर्थिक अवस्था कमजोर तथा योग्य व्यक्तिलाई जागिर नमिल्दा रोजगारका लागि विदेशिनु परेको नेकपा एमाले प्यूठान नगरपालिका २ वडा कमिटी उपसचिव रुन्द्र वहादुर खड्काले बताए । ‘सरकारवाट युवा केन्द्रित निति तथा कार्यक्रम आउन सकेका छैनन् ,’ उनले भने ‘सरकारले युवाहरुको सिप र क्षमतालाई ख्याल गर्दै स्थानीय स्तरमै रोजगारको अवसर सिर्जना गर्नु आवश्यक छ ।’

युवाहरुका लागि केहि समयका लागि मात्र नभई दिगो रुपमा रोजगार सिर्जना गर्न सके युवाहरुमा स्वदेशमै राख्न सकिने खड्काको भनाइ छ । देशमा अन्योल वातावरण सिर्जना भइरहेको अवस्थाले गर्दा युवा विदेशिनु परेको हो । युवाहरुलाई स्वदेशमै राख्न राज्यले विकासका लागि योजना वनाई मुलप्रवाहमा युवाहरुलाई समेट्नु आवश्यक रहेको जानकारहरु बताउँछन् ।

 

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...