सार्वजनिक धारा, ठाँटी, पौवा र चौपारी ग्रामीण सभ्यताका चिनारी हुन् । धर्म र सेवा संझिएर पुर्खाहरुले बनाएका ठाँटी–पौवा तथा चौपारीहरु जिर्ण बनेका छन् । छहारीको निम्ती रोपेका वरपिपल बुढा भएका छन् । घर–घरमा खानेपानीको पहुँच पुग्न थालेसँगै उकालोमा हिडने बटुवालाई पानि खुवाउने ‘धरमपानी’ ठाँउको नामको रुपमा मात्र रहेका छन् ।
गाउँ ठाउँमा रहेका पौराणिक सभ्यता झल्काउने ठाँटी पौवा संरक्षणको अभावमा जिर्ण भएपनि पछिल्लो समय विभिन्न व्यक्ती, संघ–संस्था र सरकारको लगानिमा सार्वजनिक स्थलमा बनेका प्रतिक्षालयले ठाँटी पौवाको झल्को दिने गरेको छ । सार्वजनिक हित र सभाका कामदेखी आश्रय बिहिन एवं यात्रु घामपानीवाट वच्न ठाँटी–पौवा परापुर्वकालदेखी नै निर्माण गर्ने गरेको पाईन्छ । विभिन्न स्थानमा वर्षौ पहिले बनेका ठाँटी पौवाका संरचनाहरु अहिलेपनि देख्न सकिन्छ । पछिल्लो समयमा समेत सार्वजनिक स्थलमा बन्ने प्रतिक्षालय पनि सार्वजनिक सभा सम्मेलनदेखी सहारा बिहिनको आश्रयस्थलको रुपमा प्रयोग हुदै आएका छन् । परापुर्वकालमा विकास भएको कलाको प्रयोग नभएपनि सार्वजनिक प्रतिक्षालयबाट सवैले लाभ लिने गरेका छन् । सार्वजनिक प्रतिक्षालयमा परापुर्वकालदेखीका कला, सामाग्री र शैलिको समेत प्रयोग गर्न सके ऐतिहाँसिक सभ्यता नयाँ पुस्तामा झल्काउन समेत सकिन्छ ।