News Portal

रेडियो सुन्नुहोस्

ठाँटी–पौवा संझाउने प्रतिक्षालय

झुलेनी नेटवर्क२०७८ कार्तिक १२, प्यूठान
१२३५ पटक
२०७८ कार्तिक १२, प्यूठान

सार्वजनिक धारा, ठाँटी, पौवा र चौपारी ग्रामीण सभ्यताका चिनारी हुन् । धर्म र सेवा संझिएर पुर्खाहरुले बनाएका ठाँटी–पौवा तथा चौपारीहरु जिर्ण बनेका छन् । छहारीको निम्ती रोपेका वरपिपल बुढा भएका छन् । घर–घरमा खानेपानीको पहुँच पुग्न थालेसँगै उकालोमा हिडने बटुवालाई पानि खुवाउने ‘धरमपानी’ ठाँउको नामको रुपमा मात्र रहेका छन् ।

गाउँ ठाउँमा रहेका पौराणिक सभ्यता झल्काउने ठाँटी पौवा संरक्षणको अभावमा जिर्ण भएपनि पछिल्लो समय विभिन्न व्यक्ती, संघ–संस्था र सरकारको लगानिमा सार्वजनिक स्थलमा बनेका प्रतिक्षालयले ठाँटी पौवाको झल्को दिने गरेको छ । सार्वजनिक हित र सभाका कामदेखी आश्रय बिहिन एवं यात्रु घामपानीवाट वच्न ठाँटी–पौवा परापुर्वकालदेखी नै निर्माण गर्ने गरेको पाईन्छ । विभिन्न स्थानमा वर्षौ पहिले बनेका ठाँटी पौवाका संरचनाहरु अहिलेपनि देख्न सकिन्छ । पछिल्लो समयमा समेत सार्वजनिक स्थलमा बन्ने प्रतिक्षालय पनि सार्वजनिक सभा सम्मेलनदेखी सहारा बिहिनको आश्रयस्थलको रुपमा प्रयोग हुदै आएका छन् । परापुर्वकालमा विकास भएको कलाको प्रयोग नभएपनि सार्वजनिक प्रतिक्षालयबाट सवैले लाभ लिने गरेका छन् । सार्वजनिक प्रतिक्षालयमा परापुर्वकालदेखीका कला, सामाग्री र शैलिको समेत प्रयोग गर्न सके ऐतिहाँसिक सभ्यता नयाँ पुस्तामा झल्काउन समेत सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...