News Portal

रेडियो सुन्नुहोस्

पौरखी वडा अध्यक्ष, जसले उत्पादन गरे अर्गानिक ब्रोकाउली

नन्दराम खड्का/ नवराज राना२०७८ मंसिर ११ रोल्पा
७१६ पटक
२०७८ मंसिर ११ रोल्पा

स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो । महङ्गा सरकारी सवारी देखि उनका खानपान, रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो । रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा जीवन अहिलेसम्म कायमै छ ।

उनी घरबाट बिहान दैनिक दुई घण्टा पैदल हिडेर वडा कार्यालय जान्छन् । साझ दुई घण्टा पैदल हिडेरै घर फर्कन्छन् । सेवाग्राहीसंग हाँसेर नम्र बोल्ने र कार्य संपादन सरल स्वाभाव भएकाले उनलाई सेवाग्राहीले निकैनै रुचाउँछन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । भद्र, सालिन र सरल स्वाभावका वडाध्यक्ष घर्ती कुनै पनि कार्यक्रमहरुमा अरुलाई पेलेर अभिव्यक्ति दिदैनन । उनि बढी बोलेर कम कार्यान्वयन गर्ने प्रवृत्तिका भन्दा काम गरेरै जनताका मन जित्ने स्वाभाव भएका व्यक्ति भएको कतिपय माओवादी केन्द्रका नेताहरुका बुझाई रहेको छ । तत्कालीन १० बर्षे द्वन्दको समय देखि विभिन्न आन्दोलनमा महत्वपुर्ण योगदान दिएका अध्यक्ष घर्तीले आफू निर्वाचित भए यता सरकारी सवारीनै प्रयोग गरेनन् । सरकारी साधन र इन्धन खरिदको लागि आएको कोषबाट उनले गैरा गाउँमा सार्वजनिक सौचालय निर्माण गरेर जनताको मन जित्न सफल भए ।

पछिल्लो समय उनै वडा अध्यक्ष घर्तीको एक फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । त्यो फोटो हो उनै वडा अध्यक्ष घर्तीले ७ रोपनी जमिनमा उत्पादन गरेको अर्गानिक ब्रोकाउलीको, मध्यम वर्गिय परिवार रहेको घर्तीले मेहनतका कार्यालयमा मात्र काम गर्दैनन् । उनले साझ बिहान र फुर्सदको समयमा घरमा रहेको करिब ८ रोपनी जग्गामा ब्रोकाउली उत्पादन गरेका छन् । उनले भने ‘म जनताको सेवक हुँ । कृषीकर्मबाट समाज आत्मनिर्भर हुनसक्छ भनेर हामीले बारम्बार भनिरहँदा त्यही समाजभित्र म पनि त पर्छु । अरु जनप्रतिनिधिहरुले के गर्नु हुन्छ मलाई थाह छैन । तर सकारात्मक सन्देश दिने कुनैपनि कार्य गर्नु छ भने पहिला हामी भन्ने होइन मबाट गर्नु सुरु पर्दछ भन्ने सिद्धान्त मेरो छ । त्यसैले ब्रोकाउली लगाएत अन्य तरकारीबाली पनि खेती गरेको छु । मलाई दिनभरी कार्यालयमा जनताहरुको सेवा गर्नुमा जति आनन्द आउँछ । घरमा आएर कृषि कर्म गर्दा पुर्खाको पेशालाई निरंतरता दिन पाउदा झनै आनन्द लाग्छ ।’वडा अध्यक्ष घर्तीले बताए । आफू जनप्रतिनिधि भएर ठूलो मान्छे बनेको भन्दा सर्वसाधारण जनताको सेवक रहेको उनको भनाई रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...