News Portal

रेडियो सुन्नुहोस्

अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री खड्का

अनुज पछाई२०७८ मंसिर १२ प्युठान
७०२ पटक
२०७८ मंसिर १२ प्युठान

प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रिमा कृष्णध्वज खड्काले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गरेका छन ।

नेकपा (माओवादी केन्द्र) प्यूठान जिल्लाको प्यूठान नगरपालिका तथा माण्डबी गाउपालिकाको प्रथम सम्मेलन तथा अधिवेशन उद्घाटनका क्रममा पार्टीको केन्द्रिय सदस्यसमेत रहेका खडकाले भने , “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।”
सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गर्दै मन्त्रि खडकाले क्रान्तिकारीपन सहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र वडादेखि पालिका तथा पालिका हुँदै महाधिवेशनसम्म पुग्दा देशको पार्टीले २१ औँ शताब्दीको तेस्रो दशकमा कम्युनिष्टहरूका लागि स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गरेका छन ।
एकीकृत माओवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गर्दै मन्त्री खडकाले भने, “राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा पार्टीले राजनीति कार्यदिशा स्पष्टसँग तय गर्छ ।” उनले प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री खडकाले जनयुद्धको जगमा लेखिएको संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताए ।
मन्त्री खडकाले जनताको आकाङ्क्क्षा र चाहना बेगर आफ्नो पार्टी कुनै पनि निर्णय नलिने विश्वास दिलाउँदै मन्त्री खडकाले आगामी दिनमा आफ्नो वर्ग र जनताको लागि निरन्तर सङ्घर्ष गरिरहने स्पष्ट पारे ।
सनिबार प्यूठानका ९ वटै पालिकामा प्रथम सम्मेलन सम्पन्न भएको माओबादी केन्द्र प्यूठान स्रोतले जनाएको छ । ९ वटै पालिका अधिबेसनबाट नयाँ नेतृत्व चयन गरेको छ । पालिका अधिबेसनकै क्रममा प्यूठानका ९ वटै पालिकाबाट बिभिन्न पार्टी परित्याग गरि ५०० बढी कार्यकर्ता नेकपा माओबादी केन्द्र मा प्रबेश गरेका छन । प्यूठानको माण्डबी गाउपालिकामा मात्र २०० बढी अन्य पार्टीका कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश गरेका छन । त्यस्तै प्यूठान नगरपालिकामा १०० बढी ब्यक्ति बिभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गरेका छन ।

माण्डबी गाउपालिकामा प्रथम सम्मेलनबाट बल बहादुर केसीको ( शिशिर) को अध्यक्षतामा ४९ सदस्यिय कार्यसमिति चयन भएको छ । जस्को उपाध्यक्षमा टेक बहादुर कामी , सचिबमा कुमार अधिकारी ,सहसचिबमा गिरिराज पौडेल र कोषादषमा गुञ्ज बहादुर केसी निर्काचित भएका हुन ।

त्यस्तै ऐरावती गाउँपालिकामा पनि संगठन कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले पालिका अध्यक्षमा दोर्णप्रसाद पाण्डेलाई निर्वाचित गरेको छ । सनिबार भएको सम्मेलनबाट पाण्डेसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश प्रतिनिधि तथा पालिका इन्चार्ज बुद्ध बस्नेतले जानकारी दिए ।
समितिको उपाध्यक्षमा रेशम बहादुर थापा, साबित्रा बस्नेत र अर्जुन कुमार पन्थी, सचिवमा भिमेस कुमार घर्तिमगर, सह–सचिवमा मोतिलाल बिश्वकर्मा र कोषाध्यक्षमा हरिहर शर्मा निर्वाचित भएका छन ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिकाको प्रथम सम्मेलन बाट सर्बसम्मत रुपमा निर्वाचित अध्यक्ष चन्द्र बहादुर खत्री,उपाध्यक्ष अर्जुन न्यौपाने,बैकुण्ठ केसी,गोबर्धन थापा, सचीव रमेश राना मगर,सहसचिव पुष्कर शर्मा,कोषाध्यक्ष प्रेम सुनार सहित ४९ सदस्यीय कमिटी गठन भएको छ ।

झिमरूक गाउपालिकाको अध्यक्षमा झक बहादुर जि.सी. निर्वाचित भएका छन् । शनिबार भएको गाउँ पालिकाको प्रथम अधिवेशनबाट जि.सी सहितको नेतृत्व चयन भएको हो ।त्यसैगरी उपाध्यक्ष बसन्तराज पोखरेल,बिष्णुमणी पोखरेल,ललित बहादुर बस्नेत, सचिब कृष्ण पोखरेल, सहसचिब गणेश गिरी र कोषाध्यक्षमा बस्नता एम.सी. निर्वाचित भएका हुन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य पित बहादुर एम.सी. रहेका थिए ।

त्यस्तै प्यूठान नगरपालिकामा बिष्णु योगीको अध्यक्षतामा ६५ सदिस्यय नगरकमिटी गठन भएको छ । जस्को उपाध्यक्षमा हरि बिएम, सुन्दरा केसी, मुकेस थापा,सचिब सुमन श्रेष्ठ , सहसचिब,आकास जिएम र कोषादक्षमा सुनिल सापकोटा सहित ६५ सदस्यिय नगर कमिटी गठन भएको छ ।

स्वर्गद्वारी नगरपालिकाको अध्यक्षमा मेघराज जि.सी. (जीवन) निर्वाचित भएका छन् ।
शनिबार भएको माओवादी केन्द्रको नगरपालिकाको प्रथम नगरसम्मेलनले जि.सी.को नेतृत्वमा ६५ सदस्य कमिटी निर्वाचित भएका हुन् ।
पार्टीको उपाध्यक्षमा दुर्गा रेग्मी, तिलक सुनार, धुर्ब बिक्रम सेन, सचिवमा टेक बहादुर भट्टराई, सहसचिवमा लक्ष्मी आचार्य र कोषाध्यक्ष खिमराज बि क निर्वाचित भएका हुन् ।

नौबहिनी गाउँपालिकाको अध्यक्षमा घन बहादुर बुढा (सचिन) निर्वाचित भएका छन् । शनिबार भएको गाउँपालिकाको प्रथम अधिवेशनले सचिनको नेतृत्वमा ५५ सदस्यीय कमिटि गठन गरिएको छ ।
उपाध्यक्ष भरत के.सि., तुलाराम थापा( विशाल), ओविराम बिक(परिवर्तन), सचिव बल बहादुर के.सी., सहसचिवमा दिल बहादुर के.सी. र कोषाध्यक्ष नरेन्द्र घर्ती निर्वाचित भएका हुन् ।

सरुमारानी गाउपालिकामा अध्यक्ष कृष्ण बहादुर खाम्चा उपाध्यक्ष शैलेन्द्र राना , सरद भुषाल र लक्ष्मि पल्ली , सचिब तिलक बिक कोषादक्ष बलिराम सुनार सहित ४९ सदस्यिय कमिटी गठन भएको छ ।

त्यस्तै मल्लरानी गाउपालिकाको अधिबेशन सम्पनन भएपनि पदाधिकारी टुङगो लागीसकेको छैन । सोमबार बैठक बसेर पदाधिकारी टुङगो लगाइने माओबादी केन्द्र प्यूठान स्रोतले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...