


स्विजरल्याण्ड सरकारले आत्महत्या मेसिनलाई कानुनी मान्यता दिएको छ । इच्छा मृत्यु भएका ब्यवक्तिलाई पिडा रहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो ।
कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात सुसाइड मेसिन नाम दिएका छन् । इच्छा मृत्यु भएका ब्यक्तिलाई सो मेसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन् ।
हाइपोक्सिया र हाइपोकान्यिाबाट पिडित इच्छा मृत्यु भएका ब्यक्तिलाई एक मिनेटमै शान्तिपुर्वक एवं पिडा रहित तरिकारले मर्न सो मेसिनले सघाउने बताइएको छ । मेसिनभित्र बस्ने वित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराई आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने मेसिन निर्माताहरुले बताएका छन् ।
स्विजरल्याण्डमा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । रिपोर्टका अनुसार गत वर्षमात्र सो मेसिन मार्फत करिब १३ सय मानिसले इच्छा मृत्युको सेवा लिएका थिए । एजेन्सि।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

