News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : प्रहरीको अभियान तपाइको मास्क खै !

झुलेनी पोष्ट
८१० पटक

पछिल्लो २ वर्षदेखि कोभिड–१९, कोरोना संक्रमणले विश्वभरका नागरिकलाई ग्रसित बनायो । नागरिक आफै जिम्मेवार नहुँदा धेरैले ज्यान समेत गुमाउनुप¥यो। मास्क लगाउने, सेनिटाइजरको नियमिति प्रयोग गर्ने तथा सावुनपानीले मिचि मिचि हात धुन पनि प्रहरीले भन्नुपर्ने अवस्था थियो ।

तर यो वर्ष पनि विश्व स्वास्थ्य संगठनले “ओमिक्रोन भेरियन्ट” लाई ‘भेरियन्ट अफ कन्सर्न’ मा नामकरण गर्दै संसारमा “खतराको घन्टी बजेको” चेतावनी दिएको छ । ओमिक्रोन भेरियन्ट भाइरसको बाहिरी सतहमा रहेको स्पाइक जीनमा बत्तीस (३२) वटा उत्परिवर्तनहरु आनुवंशिक अध्ययनले पुष्टि गरेको छ । यसको संक्रमण नेपालमा पनि विदेशबाट आएका २ जना नागरिकलाई भेटिएको पुष्टि भएको छ ।

यसैकारण प्रहरीले विगतमा जस्तै तपाईको मास्क खै अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठान लगायत मातहतका इकाइका कार्यालयहरुले निशुल्क मास्क वितरण गर्नेदेखि लिएर मास्क नलगाउनेहरुलाई सचेत गराउँने अभियानको थालनी गरेको छ ।

प्रहरी देख्ने बित्तिकै मास्क लगाउने नागरिक आफै जिम्मेवार बन्न जरुरी छ । मास्क प्रहरीका लागि लगाइदिने नभएर स्वयम आफ्नो सुरक्षाका लागि मास्कको प्रयोग अनिवार्य हो । सबै नागरिक आफ्नो सुरक्षाका लागि जिम्मेवार बनौं, सचेत रहौं, आफू पनि जोगिऔं र अरुलाई पनि जोगाऔं l

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...