News Portal

रेडियो सुन्नुहोस्

प्रदेश २ सरकारले ६१० विपन्न परिवारको घर बनाइदिने

नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

सिखबर संवाददाता२०७८ पुष ३०, जनकपुरधाम
८६२ पटक
२०७८ पुष ३०, जनकपुरधाम

प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।

त्यसका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए । उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।

असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताए ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताए । ‘आवास निर्माणको प्रक्रिया दु्रत गतिमा अगाडि बढाइनेछ’ उनले भने ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ ।

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...