News Portal

रेडियो सुन्नुहोस्

प्रदेश २ सरकारले ६१० विपन्न परिवारको घर बनाइदिने

नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

सिखबर संवाददाता२०७८ पुष ३०, जनकपुरधाम
३७९ पटक
२०७८ पुष ३०, जनकपुरधाम

प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।

त्यसका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए । उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।

असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताए ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताए । ‘आवास निर्माणको प्रक्रिया दु्रत गतिमा अगाडि बढाइनेछ’ उनले भने ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...