News Portal

रेडियो सुन्नुहोस्

काेराेना संक्रमण हुदाकाे अनुभब : सरद बिष्ट

झुलेनी पोष्ट२०७८ माघ ३
८५९ पटक
२०७८ माघ ३

काेराेना के हाे?, याे कसरी सर्छ?, यसबाट बच्न र साबधानीका उपायहरू केके हुन? भन्ने थाहा पाउदा पाउदै मलाई पनि काेराेना रिपाेर्ट पाेजेटिभ आयो । अब काेराेना लागेपछि मरिन्छ कि भन्ने चिन्ता र भय मनमा तरङ्गित हुँदै गयाे। मलाई सुरूमा केहि त्यस्ताे लक्षण नदेखिएपनि बिस्तारै ज्वराे र रूघाले चाप्दै गयाे।

जब ७/८ दिनपछि ज्वराे अनियन्त्रित हुदै गयाे। त्यसपछि शरीर कमजाेर हुदै गएकाे अनुभुति भयाे। ज्वराे पनि १०३°/१०४° सम्म देखा पर्याे। औषधी खादा बखत मात्र ज्वराे ठिक हुन्थ्याे। जीउ दुख्ने,खान मन नलाग्ने,मुख सुक्ने, आँखा गढ्ने र खाेकी लागेर स्वास फेर्न बढाे मुस्किल हुदै गयाे। दिन प्रतिदिन स्वास्थ्यमा सुधार हाेला भनेकाे स्वास्थ्य अबस्था नै बिग्रदै गयाे। बिभिन्न घरेलु तथा आयुर्वेदिक जडिबुटी  तथा मेडिकलका औषधीहरू खादा पनि शरिरले औधी बाधा मान्दै गयाे।

कसैसँग फाेनमा लामाे कुरा गर्न मन लाग्दैनथ्याे। रेडियाे, टि.भि र सामाजिक सञ्जालहरू केहि हेर्न मन लाग्दैनथ्याे। कष्ट गरेर भएपनि बिहान-बिहान याेगा गर्छु भन्दापनि जाँगर लाग्दैनथ्याे। मर्निङ वाक जान्छु भन्दा पनि थकाई लागेर स्वास बढेर हिड्न सक्दैनथे। मास्क लगाए बस्दा पनि स्वास फेर्न धाै हुन्थ्यो । केहि गरी रूख मुनि बसेर फ्रेस हुन्छु भनेर साेच्थे तर धेरै बेर बस्न सक्दैनथे। खाेकी लागेकाे लाग्यै गरेर छाती असाध्यै दुख्थ्याे। इम्युनिटि पावर कमजाेर हुदै थियाे।
म मात्र काेभिड सङक्रमित भएकाे भए केहि हुदैन्थ्याे ।

घरकाे सबैजना बिरामी भएर बेडमा थला पर्दा बहुत चिन्ता लाग्याे। ताताे पानी समेत तताएर खुवाउने मान्छेकाे अभाब भयाे। काेठामा एक्ला एक्लै रूम आईसाेलेसनमा बस्दाकाे पिडा भुल्न सक्दैन। मलाई मेराे ज्यानकाे भन्दा १० महिने सानी छाेरी बिरामी पर्दा असाध्यै चिन्ता लाग्थ्याे।आफु बिरामी हुँदा छाेरीलाई उचाल्न नपाउदाकाे पिडा मनमा अझै ताजा घटना छ। मेरा आफन्त तथा शुभ चिन्तकहरूकाे बिभिन्न ठाँउबाट आफन्तहरूकाे फाेन आउँथ्यो।

कति फाेन कलहरू त उठाउन पनि झिजाे लाग्थ्याे। कति फाेन कलहरू भने थाहा पाउदैनथे।।जेहाेस बेस्सरी बिरामी भएर बेडमा थला परेकाे वेला जाे-जाे आफन्तहरूले जुन प्रकारकाे अजम्वरी माया, प्रेम र सद्भाब देखाउनु भयाे त्यस्काे लागि तपाईहरूकाे माया मेराे मुटुभरी छ। तपाईहरूकाे अमर प्रेम भुल्न सक्दैन।प्राथमिक स्वास्थ्य केन्द्र भिङग्रीका डाक्टर तथा कर्महचारीहरूप्रति हार्दिक आभार छ। त्यसैगरी भाबना मेडिकल भिङ्ग्रीका डक्टर प्रेम नारायण भुषालसरले लगाउनु भएकाे गुन पनि भुल्न सक्दैन।अन्य महानुभाबप्रति आदर सम्मान ब्यक्त गर्न चाहान्छु। सबैकाे नाम मेराे मानसपटलमा अहिले पनि छ।

म अहिले निकाे भएर पुर्ण रूपमा सञ्चाे भएकाे पनि झण्डै ८ महिना भयाे।घर परिबारका सबै सदस्यहरूकाे स्वास्थ्य पनि सुधार भयाे । आशा गरे अनुसार म लगाएत मेराे परिवारले सहजै काेराेना जित्याै। नेपालमा काेराेनाकाे दाेस्राे लहर उकालाे लाक्दै  थियाे त्यतिबेला ।काराेनाकाे ग्राफ बढ्दाे क्रममा थियाे। देश पुर्ण रूपमा लकडाउनमा थियाे। हाम्राे प्युठानमा पनि दैनिक जीवन अस्तब्यस्त थियाे ।  नेपालमा आम नागरिककाे दैनिक जिबन अस्तव्यस्त बन्दै गएकाे थियाे । एक दिनमा झण्डै ८/९ हजार सङ्क्रमित र २०० जना काेभिडकै कारणले ज्यान गुमाउथे।

अहिले पनि काेराेनाकाे तेस्राे लहर फैलिदै छ। शिक्षणसस्थाहरू माघ १५ गतेसम्म भाैतिक रूपमा बन्द भएका छन्। ओमिक्राेन भाईरसकाे आतङ्क बढ्दै छ । तपाई हामी सचेत बन्नै पर्छ। काेराेना केहि पनि हैन भन्दै धाक लाएर बस्ने स्थिति छैन। पिडा के रहेछ भनेर थाहा पाउन अस्पतालमा अक्सिजन अभाबमा छट्पटाईरहेकाे बिरामीकाे कथा बुझ्नु पर्छ।

अस्पतालका आइसाेलेसन र भेन्टिलेटरमा बिरामीहरूकाे जीवन त्यतिबेला बिजाेग थियाे । बिरामीलाई अक्सिजनकाे हाहाकार थियाे। त्यसैले तपाई हामी सबैले बुझ्नुपर्छ। सकभर घरबाहिर ननिस्काै। मास्क,सेनिटाईजर र साबुनकाे प्रयाेग गराै। खाेप लगाएका छैनाै भने नजिकैकाे स्वास्थ्य शाखामा गएर खाेप लगाउनु पर्छ। कम्तिमा पनि एक अर्काबिच भाैतिक दुरी कायम गराै। साना-साना नानी बाबु र बृद्द बा-आमालाई बिशेष ख्याल गराै। हाम्राे सानाे लापरबाहिले शहरका ठुला र महङ्गा अस्पतालमा हामीलाई छटपटिन नपराेस। मलाई पनि १८ दिनसम्म हाेम आईसाेलेसनमा बसेर काेराेनाकाे पीडा भाेगेकाे तिताे अनुभव छ। “काेभिड महामारीबाट आफु बाचाै र अरूलाई पनि बचाऔै।”

सरद बिष्ट, स्वर्गद्वारी नगरपालिका -३, प्युठान
२०७८ माघ ३ गते साेमबार
लेख :- सर्बाधिकार स्वयम् लेखकमा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...