News Portal

रेडियो सुन्नुहोस्

अत्यावश्यकबाहेकका सेवा बन्‍द : गुल्मी

झुलेनी नेटवर्क२०७८ माघ १०, गुल्मी
७९९ पटक
२०७८ माघ १०, गुल्मी

जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्‍द गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ ।

प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

कार्यालयमा सेवाग्राहीहरुको भिडभाड़ उच्च रहेको र कोभिड-१९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाइ छ।

प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारीसहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेलले बताए। प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्रहीको चाप वढदै गएको छ।

नागरिता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भिडभाड उत्तिकै हुदै आएको छ। प्रशासनमा संक्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ।

अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले यसपूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु हुन अनुरोध समेत गरिएको छ।

जिल्लामा कोरोना संक्रमण दर दिनानु दिन बढदै गएको छ। हाल जिल्लामा २८८ जना सक्रिय संक्रमित रहेका छन्।

गुल्मी प्रशासनले जारी गरेको विज्ञप्ति

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...