News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी ३ सजिकोटमा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन १२, प्युठान
१४१० पटक
२०७८ फागुन १२, प्युठान

सरुमारानी गाउँपालिका ३ सजिकोटमा बिहिबार एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । सो शिविरमा १ सय २६ पशुपंक्षीपालक कृषक लाभाम्वित भएका छन । शिविरमा ३ हजार २२ पशुपंक्षीको समस्या अनुसारको उपचार, १६ वटा कुकुरलाई रेविज विरुद्धको खोप र १२ वटा बोका र ३ वटा बहरको बन्ध्याकरण गरिएको पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए ।
गाउँपालिकाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो
विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख गिरीले बताउनु भयो । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाझोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श सेवाहरु दिदै आएको गिरीले बताए ।
उक्त शिविर सो वडाका वडाध्यक्ष भिम बहादुर मर्साङ्गीको अध्यक्षतामा सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...