News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी ३ सजिकोटमा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन १२, प्युठान
१३४८ पटक
२०७८ फागुन १२, प्युठान

सरुमारानी गाउँपालिका ३ सजिकोटमा बिहिबार एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । सो शिविरमा १ सय २६ पशुपंक्षीपालक कृषक लाभाम्वित भएका छन । शिविरमा ३ हजार २२ पशुपंक्षीको समस्या अनुसारको उपचार, १६ वटा कुकुरलाई रेविज विरुद्धको खोप र १२ वटा बोका र ३ वटा बहरको बन्ध्याकरण गरिएको पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए ।
गाउँपालिकाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो
विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख गिरीले बताउनु भयो । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाझोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श सेवाहरु दिदै आएको गिरीले बताए ।
उक्त शिविर सो वडाका वडाध्यक्ष भिम बहादुर मर्साङ्गीको अध्यक्षतामा सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...