News Portal

रेडियो सुन्नुहोस्

चैत्र २५ गतेदेखी ३० गतेसम्म टाइफाइड विरुद्धको खोप दिईने

प्यूठानका ८३ हजार बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाईदै

झुलेनी नेटवर्क२०७८ चैत २१ प्यूठान
१३५६ पटक
२०७८ चैत २१ प्यूठान

प्यूठानमा ८३ हजार ८४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धी सञ्चारकर्मीहरुसगँको अभिमुखीकरण कार्यक्रममा टाइफाइड खोपको बारेमा जानकारी गराएको हो । जिल्लाका १५ महिना भन्दा माथिका र १५ वर्ष मुनिका बालबालिकालाई आगामी चैत्र २५ गतेदेखी ३० गतेसम्म खोप लगाउने अभियान सुरु गरिने स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले बताए । लक्षित समुह अन्तर्गत नियमित खोप अभियान १५ महिना देखी २३ महिना सम्मका बालबालिका र खोप अभियान अन्तर्गत १५ महिना देखी माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिईनेछ ।

जिल्लाका ९ वटै स्थानिय तहका विद्यालयमै खोप अभियान सञ्चालन गर्दा प्रत्येक विद्यालयमा एक जना विद्यालय नर्स वा एक शिक्षक रहने छन । प्यूठान जिल्लाको सन्र्दभमा खोप केन्द्र विद्यालयमा ३ सय ७८ र विद्यालय भन्दा बाहिर ६४ स्वास्थ्य चौकी गरी जम्मा ४ सय ४२ केन्द्रबाट खोप दिईनेछ । खोप अभियानका लागि जिल्लामा सयौ को संख्यामा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गर्नेे तयारी भैरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

नेपालमा टाइफाइड कन्जुगेट भ्याक्सीन (टि.सीे.भी.) नामक टाइफाइड विरुद्धको खोप लगाईदै छ । यो खोप भारतको बायोलोजिकल ई लिमिटेडबाट उत्पादन भएको हो । खोप करिब ९७ प्रतिशत सम्म प्रभावकारी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । चैत्र २५ गते देखी टाइफाइड खोप अभियान देशैभरी एकैचरणमा सुरु हुँदै छ ।

नेपालमा पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष ४ लाख ५० हजार टाइफाइड संक्रमित हुने गरेको पाईएको छ । खानेपानी, खाना र सरसफाईमा ध्यान नपुराउँदा यस्ता खालका रोगले आक्रमण गर्ने गरेको चिकित्सकहरु बताउँछन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...