News Portal

रेडियो सुन्नुहोस्

संस्थापक मुख्यमन्त्री पोख्रेलद्वारा माण्डवी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

तेजेन्द्र बि. एम.२०७८ चैत २२, प्यूठान
८०३ पटक
२०७८ चैत २२, प्यूठान

जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि पालिकाले ५ करोड ८१ लाख बजेट विनियोजित गरेको थियो । आँशु पि.पि.जे.भि निर्माण सेवाले ठेक्का पाएको भवन १५ महिना भित्र सम्पन्न गरेको हो । बेठक, इजलास कक्ष सहित २१ वटा कोठा रहेका छन् । कार्यक्रममा पुर्व जनप्रतिनिधि, जग्गादाता, निर्माण व्यवसायी, सहिदका परिवार, उत्कृष्ट कृषक तथा पसुपालक, व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष श्रीधर रोकाले आफुले अहिलेसम्म गरेको कामका विवरण प्रस्तुत गर्नुभएको गर्दै यो ५ वर्षमा पालिकाले उल्लेखनिय काम गरेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नवनिर्मित भवनले नागरिकहरुलार्ई थप सुविधा दिने विश्वास आफुले लिएकोे बताए । साथै देशमा अधिकारको राजनीति चलिरहेको भन्दै परिवर्तन ल्याउँन आर्थिक विकास र समृद्धिका लागि राजनीति गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय सांसद सुजिता शाक्य, प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
पालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले यरेका थिए ।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...