News Portal

रेडियो सुन्नुहोस्

संस्थापक मुख्यमन्त्री पोख्रेलद्वारा माण्डवी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

तेजेन्द्र बि. एम.२०७८ चैत २२, प्यूठान
१३१८ पटक
२०७८ चैत २२, प्यूठान

जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि पालिकाले ५ करोड ८१ लाख बजेट विनियोजित गरेको थियो । आँशु पि.पि.जे.भि निर्माण सेवाले ठेक्का पाएको भवन १५ महिना भित्र सम्पन्न गरेको हो । बेठक, इजलास कक्ष सहित २१ वटा कोठा रहेका छन् । कार्यक्रममा पुर्व जनप्रतिनिधि, जग्गादाता, निर्माण व्यवसायी, सहिदका परिवार, उत्कृष्ट कृषक तथा पसुपालक, व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष श्रीधर रोकाले आफुले अहिलेसम्म गरेको कामका विवरण प्रस्तुत गर्नुभएको गर्दै यो ५ वर्षमा पालिकाले उल्लेखनिय काम गरेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नवनिर्मित भवनले नागरिकहरुलार्ई थप सुविधा दिने विश्वास आफुले लिएकोे बताए । साथै देशमा अधिकारको राजनीति चलिरहेको भन्दै परिवर्तन ल्याउँन आर्थिक विकास र समृद्धिका लागि राजनीति गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय सांसद सुजिता शाक्य, प्रदेश सभा सदस्य हरि प्रसाद रिजाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
पालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले यरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...