कम्युनिस्ट पार्टीका धेरै नेता जन्माउने जिल्लाको रुपमा प्यूठान एक नम्बरमा आउँछ । राप्ती अञ्चलकै सबैभन्दा पुरानो, गतिशील र जेठो कम्युनिस्ट आन्दोलन समेत प्यूठानको रहेको कम्युनिस्ट नेताहरु दावी गर्दछन् । प्यूठान कम्युनिस्ट नेता जन्माउने जिल्ला मात्र नभएर सधै कम्युनिस्टको गढनै रहदै आएको छ । बहुदलिय व्यवस्था आएपछि हरेक निर्वाचनको मतको आधारमा कम्युनिस्ट पार्टी प्यूठानमा पहिलो नम्बरमै छ ।
२०७४ को समानुपातिक तर्फको मत परिणाम हेर्दा कम्युस्ट पार्टीले पाएको मत अन्य पार्टीको तुलना धेरै अन्तरले बढि छ । त्यो निर्वाचनमा नेकपा एमालेले २४ हजार ७ सय ६३, राजमोले १५ हजार ४ सय ४७ र नेकपा एकीकृत (माओबादी)ले १४ हजार ८२ मत ल्याएका थिए । नेपाली कांग्रेसले २२ हजार ८ सय ४६ मत ल्याएको थियो ।
संगठित तवरले प्यूठानमा कम्युनिस्ट पार्टी बनाउने काम मोहनविक्रम सिंहले थालेका थिए । त्यसैले सबैले मोहनबिक्रमलाई अझै पनि कम्युनिस्टका गुरु ठान्छन् । पहिले आर्य समाज, त्यसपछि नेपाली कांग्रेस र मातृका कोइरालाको राष्ट्रिय प्रजापार्टी हुँदै मोहनविक्रम सिंह कम्युनिस्ट बनेका थिए । प्यूठानमा कम्युनिस्ट पार्टी बलियो बनाउन २०१० साल फागुनमा मोहनविक्रम र खगुलाल गुरुङले रातामाटामा शिविर चलाए । जिल्लाभरिका करिब डेढ सय सहभागीहरूलाई उक्त शिविरमा शारीरिक अभ्यासका साथै सैद्धान्तिक क्लास दिइएको थियो । त्यसपछि ७ जनाले नेपाल कम्युनिस्ट पार्टी प्यूठान गठन गरेका थिए । संस्थापक ७ मध्य मोहनविक्रम सिंह मात्र जिवित छन् ।
मोहनबिक्रम र खगुलालले रोपेको कम्युनिस्ट राजनीतिक जागरण आन्दोलनलाई पहिचल्लो पटक उनै मोहनक्रिमलेले मार्दै गएको प्यूठानका बाम बुद्धिजीवीहरु बताउँछन् । ‘सुरुमा मोहन जी कम्युनिस्ट पार्टी प्रति निष्ठावान हुनुहुन्थ्यो,’बाम बुद्धिजीवी शशिधर भण्डारीले भने, ‘पछिल्ला दिनहरुमा उहाँ साँघुरो घेरामा रोमल्लिन थाल्लु भो । आफ्नै गुरुको विरोध गनपर्ने दिन हामीलाई आएका छन ।’
आसन्न स्थानीय तह निर्वाचनमा यतिबेला प्यूठानको कम्युनिस्ट पार्टीको इतिहास सम्झाउने मुद्दा मोहोनबिक्रम र उनको पार्टी राजमो र अर्को बाम घटक माओबादी केन्द्रले उठाएको छैन । बरु जो संग मिलेर जसरी पनि केहि स्थानीय तहहरुमा चुनाव जित्ने अर्को कम्युनिस्ट घटक एमालेलाई हराउने ध्याउन्नमा छ । मोहोनबिक्रम र उनको पार्टी कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनमा छन् । उनकी श्रीमती दुर्गा पौडेल यसको अग्रमोर्चाका रहेको देखिन्छीन । उनी यस अघि बाम गठबन्धनबाट प्यूठानको संघिय सांसद निर्वाचित भएकी थिइन् । त्यो बेला एमालेका कार्यकर्ता समेतले मत दिएर उनलाई जिताएका थिए । अहिले उनी फेरी कांग्रेससंग मिलेर सांसद बन्ने दाउमा छिन् । राजमोको यो निर्णय प्रति असन्तुष्टहरूको समूह प्यूठानमा पनि उत्तिकै छ । प्यूठानका केहि स्थानीय तहहरुमा राष्ट्रिय जनमोर्चा समन्वय समितिको तर्फबाट स्वतन्त्र उम्मेदवारी परेका छन् ।
प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका गरि ९ वटा स्थानीय तह छन । राजमोले गठबन्धनको तर्फबाट २ वटा स्थानीय तहको प्रमुख पाएको छ । गौमुखी गाउँपालिकामा राजमो एक्लै भिडेको छ । प्यूठान, स्वर्गद्धारी नगरपालिका, ऐरावती, सरुमारानी, नौबहिनी गाउँपालिकामा राजमोले उपप्रमुखको पद समेत नलिएर कांग्रेसलाई सघाएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा राजमोले मल्लरानी र झिमरुक गाउँपालिकामा एक्लै लडेर अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाहरुमा जित हात पारेको थियो । अहिले यी दुबै स्थानीय तहहरुमा राजमोले उपाध्यक्ष कांग्रेसलाई दिएको छ । यो तथ्यले प्यूठानमा राजमोको शाख गिर्दै गएको पुष्टी हुन्छ । माओवादी केन्द्रले गठबन्धनमा माण्डबी र प्यूठान नगरपालिकाको प्रमुख पद पाएको छ । माओवादीले पनि धेरैजसो स्थानीय तहमा कांग्रेसलाइनै सघाएको छ । ऐरावती, नौबहीनी र गौंमुखीमा गत स्थानीय तहमा नेतृत्व कांग्रेसले हात पारेको थियो । अहिले गठबन्धनमा रहेका दलहरुले पाएको पुरानो अंग गणितको आधारमा थप स्थानीय तह जित्नेमा कांग्रेस ढुक्क जस्तो देखिन्छ ।
हाल जिल्लाको कम्युनिस्ट राजनीति रंगमञ्चमा नेकपा एमाले, राजमो र नेकपा माओबादी केन्द्र सक्रिय छन् । यी कम्युनिष्ट पार्टी बिच देखिएको चिसोपनले कांग्रेसले फाइदा उठाइरहको छ । प्यूठानको राजनीतिले धेरै रङ बदली सकेको छ । राजनीति निष्ठा, सिद्धान्त त्यागेर आफन्त जिताउन स्वयं् मोहोनविक्रमले पनि केहि बर्षदेखि रंग बदल्दै छन् । यसले गर्दा प्यूठानको कम्युनिष्ट आन्दोलनको विरासत मोहोनबिक्रमकै कारणले खुम्चदै छ ।