News Portal

रेडियो सुन्नुहोस्

गठबन्धनले जोगाउला प्यूठानको कम्युनिस्ट पहिचान ?

गिरुप्रसाद भण्डारी२०७९ बैशाख १६, प्यूठान
१६९२ पटक
२०७९ बैशाख १६, प्यूठान

कम्युनिस्ट पार्टीका धेरै नेता जन्माउने जिल्लाको रुपमा प्यूठान एक नम्बरमा आउँछ । राप्ती अञ्चलकै सबैभन्दा पुरानो, गतिशील र जेठो कम्युनिस्ट आन्दोलन समेत प्यूठानको रहेको कम्युनिस्ट नेताहरु दावी गर्दछन् । प्यूठान कम्युनिस्ट नेता जन्माउने जिल्ला मात्र नभएर सधै कम्युनिस्टको गढनै रहदै आएको छ । बहुदलिय व्यवस्था आएपछि हरेक निर्वाचनको मतको आधारमा कम्युनिस्ट पार्टी प्यूठानमा पहिलो नम्बरमै छ ।

२०७४ को समानुपातिक तर्फको मत परिणाम हेर्दा कम्युस्ट पार्टीले पाएको मत अन्य पार्टीको तुलना धेरै अन्तरले बढि छ । त्यो निर्वाचनमा नेकपा एमालेले २४ हजार ७ सय ६३, राजमोले १५ हजार ४ सय ४७ र नेकपा एकीकृत (माओबादी)ले १४ हजार ८२ मत ल्याएका थिए । नेपाली कांग्रेसले २२ हजार ८ सय ४६ मत ल्याएको थियो ।

संगठित तवरले प्यूठानमा कम्युनिस्ट पार्टी बनाउने काम मोहनविक्रम सिंहले थालेका थिए । त्यसैले सबैले मोहनबिक्रमलाई अझै पनि कम्युनिस्टका गुरु ठान्छन् । पहिले आर्य समाज, त्यसपछि नेपाली कांग्रेस र मातृका कोइरालाको राष्ट्रिय प्रजापार्टी हुँदै मोहनविक्रम सिंह कम्युनिस्ट बनेका थिए । प्यूठानमा कम्युनिस्ट पार्टी बलियो बनाउन २०१० साल फागुनमा मोहनविक्रम र खगुलाल गुरुङले रातामाटामा शिविर चलाए । जिल्लाभरिका करिब डेढ सय सहभागीहरूलाई उक्त शिविरमा शारीरिक अभ्यासका साथै सैद्धान्तिक क्लास दिइएको थियो । त्यसपछि ७ जनाले नेपाल कम्युनिस्ट पार्टी प्यूठान गठन गरेका थिए । संस्थापक ७ मध्य मोहनविक्रम सिंह मात्र जिवित छन् ।

मोहनबिक्रम र खगुलालले रोपेको कम्युनिस्ट राजनीतिक जागरण आन्दोलनलाई पहिचल्लो पटक उनै मोहनक्रिमलेले मार्दै गएको प्यूठानका बाम बुद्धिजीवीहरु बताउँछन् । ‘सुरुमा मोहन जी कम्युनिस्ट पार्टी प्रति निष्ठावान हुनुहुन्थ्यो,’बाम बुद्धिजीवी शशिधर भण्डारीले भने, ‘पछिल्ला दिनहरुमा उहाँ साँघुरो घेरामा रोमल्लिन थाल्लु भो । आफ्नै गुरुको विरोध गनपर्ने दिन हामीलाई आएका छन ।’

आसन्न स्थानीय तह निर्वाचनमा यतिबेला प्यूठानको कम्युनिस्ट पार्टीको इतिहास सम्झाउने मुद्दा मोहोनबिक्रम र उनको पार्टी राजमो र अर्को बाम घटक माओबादी केन्द्रले उठाएको छैन । बरु जो संग मिलेर जसरी पनि केहि स्थानीय तहहरुमा चुनाव जित्ने अर्को कम्युनिस्ट घटक एमालेलाई हराउने ध्याउन्नमा छ  । मोहोनबिक्रम र उनको पार्टी कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनमा छन् । उनकी श्रीमती दुर्गा पौडेल यसको अग्रमोर्चाका रहेको देखिन्छीन । उनी यस अघि बाम गठबन्धनबाट प्यूठानको संघिय सांसद निर्वाचित भएकी थिइन् । त्यो बेला एमालेका कार्यकर्ता समेतले मत दिएर उनलाई जिताएका थिए । अहिले उनी फेरी कांग्रेससंग मिलेर सांसद बन्ने दाउमा छिन् । राजमोको यो निर्णय प्रति असन्तुष्टहरूको समूह प्यूठानमा पनि उत्तिकै छ । प्यूठानका केहि स्थानीय तहहरुमा राष्ट्रिय जनमोर्चा समन्वय समितिको तर्फबाट स्वतन्त्र उम्मेदवारी परेका छन् ।

प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका गरि ९ वटा स्थानीय तह छन । राजमोले गठबन्धनको तर्फबाट २ वटा स्थानीय तहको प्रमुख पाएको छ । गौमुखी गाउँपालिकामा राजमो एक्लै भिडेको छ । प्यूठान, स्वर्गद्धारी नगरपालिका, ऐरावती, सरुमारानी, नौबहिनी गाउँपालिकामा राजमोले उपप्रमुखको पद समेत नलिएर कांग्रेसलाई सघाएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा राजमोले मल्लरानी र झिमरुक गाउँपालिकामा एक्लै लडेर अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाहरुमा जित हात पारेको थियो । अहिले यी दुबै स्थानीय तहहरुमा राजमोले उपाध्यक्ष कांग्रेसलाई दिएको छ । यो तथ्यले प्यूठानमा राजमोको शाख गिर्दै गएको पुष्टी हुन्छ । माओवादी केन्द्रले गठबन्धनमा माण्डबी र प्यूठान नगरपालिकाको प्रमुख पद पाएको छ । माओवादीले पनि धेरैजसो स्थानीय तहमा कांग्रेसलाइनै सघाएको छ । ऐरावती, नौबहीनी र गौंमुखीमा गत स्थानीय तहमा नेतृत्व कांग्रेसले हात पारेको थियो । अहिले गठबन्धनमा रहेका दलहरुले पाएको पुरानो अंग गणितको आधारमा थप स्थानीय तह जित्नेमा कांग्रेस ढुक्क जस्तो देखिन्छ ।

हाल जिल्लाको कम्युनिस्ट राजनीति रंगमञ्चमा नेकपा एमाले, राजमो र नेकपा माओबादी केन्द्र सक्रिय छन् । यी कम्युनिष्ट पार्टी बिच देखिएको चिसोपनले कांग्रेसले फाइदा उठाइरहको छ । प्यूठानको राजनीतिले धेरै रङ बदली सकेको छ । राजनीति निष्ठा, सिद्धान्त त्यागेर आफन्त जिताउन स्वयं् मोहोनविक्रमले पनि केहि बर्षदेखि रंग बदल्दै छन् । यसले गर्दा प्यूठानको कम्युनिष्ट आन्दोलनको विरासत मोहोनबिक्रमकै कारणले खुम्चदै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...