News Portal

रेडियो सुन्नुहोस्

बागी उम्मेदवारी दिएका ६ जना नेकपा माओवादी केन्द्र प्यूठानबाट निष्कासित

झुलेनी नेटवर्क२०७९ वैशाख २३,प्यूठान
२०६७ पटक
२०७९ वैशाख २३,प्यूठान

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्यूठानले बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पार्टीले आइतवार प्रेस वक्तव्य जारी गर्दै बागी उम्मेदवार दिएका प्यूठान नगरपालिका वडा नं.१० का अध्यक्ष पदका उम्मेदवार सहित ६ जनालाई पार्टीबाट निष्कासित गरेको हो ।

नेकपा माओबादी केन्द्र प्यूठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा प्यूठान नगरपालिका वडा नं १० मा माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा र नेपाली काङग्रेस बीच चुनाबी गठबन्धन भैरहेको अवस्थामा केन्द्रको निति विपरीत उम्मेदवारी दिएका वडा अध्यक्ष पदका उम्मेदबार लोक बहादुर केसी ,  सदस्य राजकुमार थापा ,  तेज बहादुर खडका ,  कुन्ता सुनार,  निशा रोकामगर र प्यूठान नगरपालिका वडा नं. ४ वडा कमिटीका सचिब हिमाल पौडेललाई पार्टिले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको जनाईएको छ ।

साथै सम्बन्धित वडामा गठबन्धन दलका उम्मेदवारलाई सक्रियतापूर्वक चुनाबी अभियानमा लाग्न आग्रह पनि गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रोे निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...