News Portal

रेडियो सुन्नुहोस्

बागी उम्मेदवारी दिएका ६ जना नेकपा माओवादी केन्द्र प्यूठानबाट निष्कासित

झुलेनी नेटवर्क२०७९ वैशाख २३,प्यूठान
१८७७ पटक
२०७९ वैशाख २३,प्यूठान

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्यूठानले बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पार्टीले आइतवार प्रेस वक्तव्य जारी गर्दै बागी उम्मेदवार दिएका प्यूठान नगरपालिका वडा नं.१० का अध्यक्ष पदका उम्मेदवार सहित ६ जनालाई पार्टीबाट निष्कासित गरेको हो ।

नेकपा माओबादी केन्द्र प्यूठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा प्यूठान नगरपालिका वडा नं १० मा माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा र नेपाली काङग्रेस बीच चुनाबी गठबन्धन भैरहेको अवस्थामा केन्द्रको निति विपरीत उम्मेदवारी दिएका वडा अध्यक्ष पदका उम्मेदबार लोक बहादुर केसी ,  सदस्य राजकुमार थापा ,  तेज बहादुर खडका ,  कुन्ता सुनार,  निशा रोकामगर र प्यूठान नगरपालिका वडा नं. ४ वडा कमिटीका सचिब हिमाल पौडेललाई पार्टिले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको जनाईएको छ ।

साथै सम्बन्धित वडामा गठबन्धन दलका उम्मेदवारलाई सक्रियतापूर्वक चुनाबी अभियानमा लाग्न आग्रह पनि गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...