नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्यूठानले बागी उम्मेदवारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ । पार्टीले आइतवार प्रेस वक्तव्य जारी गर्दै बागी उम्मेदवार दिएका प्यूठान नगरपालिका वडा नं.१० का अध्यक्ष पदका उम्मेदवार सहित ६ जनालाई पार्टीबाट निष्कासित गरेको हो ।
नेकपा माओबादी केन्द्र प्यूठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा प्यूठान नगरपालिका वडा नं १० मा माओबादी केन्द्र राष्ट्रिय जनमोर्चा र नेपाली काङग्रेस बीच चुनाबी गठबन्धन भैरहेको अवस्थामा केन्द्रको निति विपरीत उम्मेदवारी दिएका वडा अध्यक्ष पदका उम्मेदबार लोक बहादुर केसी , सदस्य राजकुमार थापा , तेज बहादुर खडका , कुन्ता सुनार, निशा रोकामगर र प्यूठान नगरपालिका वडा नं. ४ वडा कमिटीका सचिब हिमाल पौडेललाई पार्टिले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको जनाईएको छ ।
साथै सम्बन्धित वडामा गठबन्धन दलका उम्मेदवारलाई सक्रियतापूर्वक चुनाबी अभियानमा लाग्न आग्रह पनि गरिएको छ ।