News Portal

रेडियो सुन्नुहोस्

झिंमरुक फाँटमा रोपाई सुरु

झुलेनी नेटवर्क२०७९ जेठ १९, प्यूठान
९२१ पटक
२०७९ जेठ १९, प्यूठान

जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिंमरुक फाँटमा रोपाई सुरु भएको छ । बाह्रै महिना झिंमरुक नदिको पानीले सिँचाई हुने भएकाले हरेक वर्ष जेठको पहिलो साताबाट फाँटमा रोपाई गर्न सुरु हुन्छ । जेठभरमा रोपाइ सकिन्छ । किसानले आलोपालो गरि रोपाइ गर्ने गर्छन ।

पहेलपुर धान फल्ने झिंमरुक फाँटमा हिजोआज रोपाई सुरु भएकाले रोपाइको रौनकले झिंमरुक उपत्यका क्षेत्र निकै रमाइलो छ । फाँटको क्षेत्रफल घट्दै गए पनि आधुनी प्रविधि प्रयोग गरेकाले उत्पादन घटेको छैन । फाँटमा उब्जाएको अन्नले जिल्लाको खाद्यन्न आपूर्ति धान्न सक्ने क्षमता राख्छ । किसानले शावित्री, रामधान, राधा १४, राधा १३ र मकनवानपुर १ लगायतका जातको धानको बिउ राखेर रोप्ने गर्दछन् ।

कृषिमा लगानी बढाउँदै सिंचाइ, रासायनिक मल, किटनाशक औषधी, बीउ विजन प्रविधिमा सहयोग गरि युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने योजना रहेपनि युवा पुस्ता विदेश जान रोकिएर कृषि पेसामा लागेका भने छैनन् । कृषिजन्य उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण झिंमरुक फाँटलाई मानिन्छ । धान, गहँु लगाउने उर्वरभूमि वर्सेनी घटिरहेको विषयमा नगरपालिका गम्भिर बनेको देखिदैन ।

दाङको भालुवाङबाट पहाडै पहाडको बाटो भएर प्यूठान आउने जो कोहिको पनि पहिलो नजर भिंmमरुक फाँटमै पर्छ । चेरनेटाबाट खैरा र बिजुवार तर्फको फाँट हेर्दा, कलकलाउँदै बग्ने झिंमरुक नदि र यसको दायाँ बायाँ बनेका फाँटको हरीयाली देख्दा आगन्तुक सबै लोभिन्छन् । हिजोआज रोपाई गर्ने किसानको चहल पहलले फाँटमा मेला लागेझै रमाइलो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...