![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add-1.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2022/06/282234563_531637851960333_1766911721810470150_n-600x400.jpg)
जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिंमरुक फाँटमा रोपाई सुरु भएको छ । बाह्रै महिना झिंमरुक नदिको पानीले सिँचाई हुने भएकाले हरेक वर्ष जेठको पहिलो साताबाट फाँटमा रोपाई गर्न सुरु हुन्छ । जेठभरमा रोपाइ सकिन्छ । किसानले आलोपालो गरि रोपाइ गर्ने गर्छन ।
पहेलपुर धान फल्ने झिंमरुक फाँटमा हिजोआज रोपाई सुरु भएकाले रोपाइको रौनकले झिंमरुक उपत्यका क्षेत्र निकै रमाइलो छ । फाँटको क्षेत्रफल घट्दै गए पनि आधुनी प्रविधि प्रयोग गरेकाले उत्पादन घटेको छैन । फाँटमा उब्जाएको अन्नले जिल्लाको खाद्यन्न आपूर्ति धान्न सक्ने क्षमता राख्छ । किसानले शावित्री, रामधान, राधा १४, राधा १३ र मकनवानपुर १ लगायतका जातको धानको बिउ राखेर रोप्ने गर्दछन् ।
कृषिमा लगानी बढाउँदै सिंचाइ, रासायनिक मल, किटनाशक औषधी, बीउ विजन प्रविधिमा सहयोग गरि युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने योजना रहेपनि युवा पुस्ता विदेश जान रोकिएर कृषि पेसामा लागेका भने छैनन् । कृषिजन्य उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण झिंमरुक फाँटलाई मानिन्छ । धान, गहँु लगाउने उर्वरभूमि वर्सेनी घटिरहेको विषयमा नगरपालिका गम्भिर बनेको देखिदैन ।
दाङको भालुवाङबाट पहाडै पहाडको बाटो भएर प्यूठान आउने जो कोहिको पनि पहिलो नजर भिंmमरुक फाँटमै पर्छ । चेरनेटाबाट खैरा र बिजुवार तर्फको फाँट हेर्दा, कलकलाउँदै बग्ने झिंमरुक नदि र यसको दायाँ बायाँ बनेका फाँटको हरीयाली देख्दा आगन्तुक सबै लोभिन्छन् । हिजोआज रोपाई गर्ने किसानको चहल पहलले फाँटमा मेला लागेझै रमाइलो छ ।
![](https://jhulenipost.com/wp-content/uploads/2023/11/English-add.gif)
![](https://jhulenipost.com/wp-content/uploads/2024/01/Untitled-2.gif)