News Portal

रेडियो सुन्नुहोस्

अनलाईन पत्रकारिता तालिम प्रदेशमै पहिलाे : अध्यक्ष बसन्त गिरी

सुजाता थापा क्षेत्री२०७९ जेठ २९, प्यूठान
११३८ पटक
२०७९ जेठ २९, प्यूठान

४ दिने अनलाईन पत्रकारिता शनिवार अर्घाखाँचीकाे शितगंगा नगरपालिका ८ सातमारा भालुवाङ्गमा सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी समापन कार्यक्रममा बाेल्दै साे तालिम प्रदेशमै पहिलाे रहेकाे बताए । अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाे  उनकाे भनाइ छ ।

बुधबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्गमा आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे चार दिने अनलाईन पत्रकारिता तालिमको समापनमा बोल्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशकी कानुन अधिकृत सीता घिमिरेले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा नेपाल पत्रकार महासँघ लाग्नुपर्ने बताइन ।

कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत: समुदायमा केन्द्रित समाचारहरुलाई प्राथमिकता दिन अनलाईन पत्रकारहरुलाई आग्रह गरेका हुन । यस्तै प्रशिक्षक मनोज सत्यालले अनलाइन पत्रकारलाई चार दिने तालिमले थप उत्प्रेरणा र थप उर्जा मिल्नेमा आफू विश्वस्त रहेको बताए ।

साे कार्यक्रम अनलाईन सम्बन्धी भएकाेले विभिन्न प्रविधिकाेलाई प्रयाेग, भिडियाे इडिटिङ्ग तथा साे सम्बन्धी विभिन्न फिचरहरु प्रयाेग गर्ने बारेमा जानकारी गराइएकाे थियाे ।

जेठ २५ देखि २८ सम्म सञ्चालन भएको तालिमको बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले उद्घाटन गरेका थिए । उक्त तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरुकाे सहभागी रहेको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा, उपाध्यक्ष चुमा आचार्यको स्वागत र महासचिव विक्रम खड्काको सञ्चालनमा हाेटेल इभरल्याण्डमा सम्पन्न भएको हाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...