News Portal

रेडियो सुन्नुहोस्

विपन्न नागरिकको उपचारका लागि यसवर्ष प्यूठानमा १ करोड ३५ लाख सिफारिस

दीपा पौडेलभाद्र १, प्यूठान
८१२ पटक
भाद्र १, प्यूठान

नेपाल सरकारको जटिल ८ प्रकारका रोगहरुको उपचारमा नागरिकलाई सहायता गर्ने कार्यक्रम अन्तरगत यसवर्ष प्यूठानवाट १ करोड ३५ लाखको सिफारिस गरिएको छ। प्रतिविरामी एक लाखका दरले १ सय ३५ जनालाई सिफारिस गरिएको हो।

कडा आठ प्रकारका रोगबाट पिडितहरुलाई सरकारले उपचारका लागि १ लाख रुपैयाँ छुट दिने प्रवन्ध मिलाए बमोजिम आर्थिक बर्ष २०७४/०७५मा एक सय पैतिस जना बिरामीले जिल्लाबाट सिफारिस लिई यो सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए। मुटुरोग, मृगौला सम्बन्धि रोग, क्यान्सर, पार्किन्सन्स,अलजाइमर, हेडइन्जठुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनेमिया गरि आठ प्रकारका रोगका लागि सरकारले उपचारमा सहायता प्रदान गर्ने गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता ,जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव र जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट सदस्य रहने जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिले आर्थिक बर्ष २०७४/०७५मा क्यान्सर उनन्साठी, मृगौला चौध, मुटुरोग ४६, स्पाइनल इन्जुरी पाँच र हेड इन्जुरी एघार जसमा पुरुष पैसठ्ठी र महिला उनन्सत्तरी गरि एक सय पैतिस जना कडा रोगबाट पिडित बिरामीलाई सिफारिस दिएको छ।

चार महिनाको बच्चा देखि असी बर्ष सम्मका जेष्ठ् नागरिकहरु नसर्ने रोगवाट पिडित रहेका छन्। सबै भन्दा बढी १५ बर्ष देखि ६० बर्ष उमेर समुहका बिरामी रहेको जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिका सदस्य सचिव समेत रहेका जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए। आर्थिक बर्ष २०७३/०७४मा छ्यानब्बे जनाले सिफारिस लिएका थिए भने त्यो संख्या बढेर आर्थिक बर्ष २०७४/२०७५ मा एक सय पैतिस पुगेको छ। यस्ता कडा प्रकारका रोगबाट अस्पताल आएका बिरामीलाई मात्र हेर्दा पनि नसर्ने रोगका बिरामी बढ्दै गएको सुवेदी बताउछन्।

 

नसर्ने रोगका बिरामी बढ्दै, खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

पछिल्लो समय प्यूठानमा नसर्ने रोगका विरामिको संख्या बढ्न थालेको छ। सरुवा रोगबाट ग्रसित हुने प्यूठानीहरु पछिल्लो समय नसर्ने रोगबाट पिडित हुन पुगेका छन्। जिल्ला अस्पताल प्यूठानका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युतराज कार्कीका अनुसार जिल्लामा नसर्ने रोगीहरुको दर बढ्दो रुपमा रहेको छ।

जिल्ला अस्पताल प्यूठानको आर्थिक बर्ष २०७४/०७५ को तथ्यांकलाई हेर्दा जम्मा बिरामीको २०प्रतिशत जति बिरामीहरु नसर्ने रोगबाट पिडित छन्। खानपान ,रहनसहन, बातावरण र बंशानुगतका कारण नसर्ने रोगबाट बिरामीहरु पिडित हुने गरेको डा. कार्की बताउछन्। अस्पतालमा दैनिक सरदर एक सय पचास देखि दुई सय सम्म बिरामी आउछन्।

दैनिक अस्पतालमा आउने कुल बिरामीको करिव २० प्रतिशत बिरामीहरु नसर्ने रोगबाट पिडित रहेको उहाँको भनाई छ। खानपानलाई बिषेश ध्यान दिनुपर्ने भन्दै डा. कार्कीले भने “ दैनिक ओपिडीमा भर्ना भएका नसर्ने रोगीका बिरामीलाई हेर्दा दम, मधुमेह र उच्च रक्तचाप बिरामी नै प्रायजसो देखिन्छ।” दम, मधुमेह र उच्च रक्तचापका बिरामी बाहेक अन्य नसर्ने रोगका बिरामीहरु धेरै नै हुन सक्ने उनले वताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिपन्न नागरिक औषधी उपचार निर्देशिका २०७३ बमोजिम सुचिकृत भएका कडा आठ प्रकारका रोगहरुको आर्थिक बर्ष २०७४/०७५को तथ्यांकलाई हेर्दा पनि बिरामीहरु बढेको देखिन्छ।

सबै सरोकारवालाहरु खास गरि स्थानिय सरकारहरुले स्वास्थ्य शिविर, औषधी बाढ्ने कार्यक्रम मात्र भएर गाउँ गाउँमा स्वास्थ्य सम्बन्धी प्रर्वधनात्मक/प्रतिकारात्मक कार्यक्रम संचालन तर्फ ध्यान दिनुपर्ने समेत उहाँले बताउनुभयो। स्वास्थ्य बिमा सुरु भएको प्यूठानमा यो सेवा लिनेको दर पनि बढेको छ।यसमा पनि नसर्ने रोगीहरु नै बढी रहेकोे सुवेदीले बताए। नेपालमा नसर्ने रोगको प्रकोप अत्यन्तै बढ्दो छ। तथांकलाई हेर्दा ६१ प्रतिशत रोगीहरु नसर्ने रोगबाट पिडित छन्।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...