News Portal

रेडियो सुन्नुहोस्

विपन्न नागरिकको उपचारका लागि यसवर्ष प्यूठानमा १ करोड ३५ लाख सिफारिस

दीपा पौडेलभाद्र १, प्यूठान
१२६७ पटक
भाद्र १, प्यूठान

नेपाल सरकारको जटिल ८ प्रकारका रोगहरुको उपचारमा नागरिकलाई सहायता गर्ने कार्यक्रम अन्तरगत यसवर्ष प्यूठानवाट १ करोड ३५ लाखको सिफारिस गरिएको छ। प्रतिविरामी एक लाखका दरले १ सय ३५ जनालाई सिफारिस गरिएको हो।

कडा आठ प्रकारका रोगबाट पिडितहरुलाई सरकारले उपचारका लागि १ लाख रुपैयाँ छुट दिने प्रवन्ध मिलाए बमोजिम आर्थिक बर्ष २०७४/०७५मा एक सय पैतिस जना बिरामीले जिल्लाबाट सिफारिस लिई यो सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए। मुटुरोग, मृगौला सम्बन्धि रोग, क्यान्सर, पार्किन्सन्स,अलजाइमर, हेडइन्जठुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनेमिया गरि आठ प्रकारका रोगका लागि सरकारले उपचारमा सहायता प्रदान गर्ने गरेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता ,जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव र जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट सदस्य रहने जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिले आर्थिक बर्ष २०७४/०७५मा क्यान्सर उनन्साठी, मृगौला चौध, मुटुरोग ४६, स्पाइनल इन्जुरी पाँच र हेड इन्जुरी एघार जसमा पुरुष पैसठ्ठी र महिला उनन्सत्तरी गरि एक सय पैतिस जना कडा रोगबाट पिडित बिरामीलाई सिफारिस दिएको छ।

चार महिनाको बच्चा देखि असी बर्ष सम्मका जेष्ठ् नागरिकहरु नसर्ने रोगवाट पिडित रहेका छन्। सबै भन्दा बढी १५ बर्ष देखि ६० बर्ष उमेर समुहका बिरामी रहेको जिल्ला विपन्न नागरिक उपचार सिफारिस समितिका सदस्य सचिव समेत रहेका जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताए। आर्थिक बर्ष २०७३/०७४मा छ्यानब्बे जनाले सिफारिस लिएका थिए भने त्यो संख्या बढेर आर्थिक बर्ष २०७४/२०७५ मा एक सय पैतिस पुगेको छ। यस्ता कडा प्रकारका रोगबाट अस्पताल आएका बिरामीलाई मात्र हेर्दा पनि नसर्ने रोगका बिरामी बढ्दै गएको सुवेदी बताउछन्।

 

नसर्ने रोगका बिरामी बढ्दै, खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

पछिल्लो समय प्यूठानमा नसर्ने रोगका विरामिको संख्या बढ्न थालेको छ। सरुवा रोगबाट ग्रसित हुने प्यूठानीहरु पछिल्लो समय नसर्ने रोगबाट पिडित हुन पुगेका छन्। जिल्ला अस्पताल प्यूठानका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युतराज कार्कीका अनुसार जिल्लामा नसर्ने रोगीहरुको दर बढ्दो रुपमा रहेको छ।

जिल्ला अस्पताल प्यूठानको आर्थिक बर्ष २०७४/०७५ को तथ्यांकलाई हेर्दा जम्मा बिरामीको २०प्रतिशत जति बिरामीहरु नसर्ने रोगबाट पिडित छन्। खानपान ,रहनसहन, बातावरण र बंशानुगतका कारण नसर्ने रोगबाट बिरामीहरु पिडित हुने गरेको डा. कार्की बताउछन्। अस्पतालमा दैनिक सरदर एक सय पचास देखि दुई सय सम्म बिरामी आउछन्।

दैनिक अस्पतालमा आउने कुल बिरामीको करिव २० प्रतिशत बिरामीहरु नसर्ने रोगबाट पिडित रहेको उहाँको भनाई छ। खानपानलाई बिषेश ध्यान दिनुपर्ने भन्दै डा. कार्कीले भने “ दैनिक ओपिडीमा भर्ना भएका नसर्ने रोगीका बिरामीलाई हेर्दा दम, मधुमेह र उच्च रक्तचाप बिरामी नै प्रायजसो देखिन्छ।” दम, मधुमेह र उच्च रक्तचापका बिरामी बाहेक अन्य नसर्ने रोगका बिरामीहरु धेरै नै हुन सक्ने उनले वताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिपन्न नागरिक औषधी उपचार निर्देशिका २०७३ बमोजिम सुचिकृत भएका कडा आठ प्रकारका रोगहरुको आर्थिक बर्ष २०७४/०७५को तथ्यांकलाई हेर्दा पनि बिरामीहरु बढेको देखिन्छ।

सबै सरोकारवालाहरु खास गरि स्थानिय सरकारहरुले स्वास्थ्य शिविर, औषधी बाढ्ने कार्यक्रम मात्र भएर गाउँ गाउँमा स्वास्थ्य सम्बन्धी प्रर्वधनात्मक/प्रतिकारात्मक कार्यक्रम संचालन तर्फ ध्यान दिनुपर्ने समेत उहाँले बताउनुभयो। स्वास्थ्य बिमा सुरु भएको प्यूठानमा यो सेवा लिनेको दर पनि बढेको छ।यसमा पनि नसर्ने रोगीहरु नै बढी रहेकोे सुवेदीले बताए। नेपालमा नसर्ने रोगको प्रकोप अत्यन्तै बढ्दो छ। तथांकलाई हेर्दा ६१ प्रतिशत रोगीहरु नसर्ने रोगबाट पिडित छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...