News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा

झुलेनी नेटवर्क२०७९ साउन,५ प्यूठान
१०५० पटक
२०७९ साउन,५ प्यूठान

निर्माणको लागि ठेक्का भएर रोकिएको बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा हुन थालेको छ । सडक निर्माणको लागि भारतीय एक्जीम बैंकले सडक सुधार तथा विकास आयोजनालाई निर्माण गर्न भनेर सहमिति दिने संकेत गरेपछि सडकको पुनःचर्चा हुन थालेको हो ।
बंैकले निर्माण गर्ने सहमति गरेपछि कन्ट्याक्टर मार्फत सडकको पुनःएनलाइशिस भैरहेको आयोजना प्रमुख अर्जुन बमले जानकारी गराए । उनले १०÷१५ दिनमा एनलाइशिसको काम सकिने जानकारी आएको बताए ।

त्यसपछि बैंकको सहमतिपछि सडक निर्माणको लागि ठेक्का हुने आयोजना प्रमुखको भनाइ छ । पहिले २ अर्व ६० करोड लागत अनुमान गरेकोमा हाल महङ्गी बढेका कारण लागत बढ्न सक्ने बमले बताए । जिल्लाका नेताहरुले काम सुरु हुने भो भनेर प्रचार गर्न थालेको चार वर्ष बितिसक्दा समेत सडक निर्माणको काम अझै सुरु भएको छैन ।
सडक सुधार तथा विकास आयोजना मार्फत बजेट परेपछि स्थानीय तह, प्रदेश सरकाले समेत यो सडकमा बजेट बिनियोजन नगर्दा सडक जिर्ण हुदै गएको थियो । यस वर्ष झिमरुक गाउपालिकाले आफ्नो पालिका क्षेत्रमा मर्मत गरेकाले बर्खामा स्थानीयले केहि राहत पाएका छन् ।

‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठेसम्म ७३ दशमलभ ६ किलोमिटर दूरी सडक कालोपत्रे गर्ने भनिएको छ ।
हाल ट्¥याक खोलिएको सडकलाई ७ मिटर चौडा बनाएर ५ मिटर कालोपत्रे गरिने योजना रहेको आयोजनाले जनाएको छ । बाग्दुला देखि अर्खासम्म कच्चि सडक निर्माण भइसकेको छ । सडकले प्यूठान नगरपालिका, झिमरुक र गौंमुखी गाउपालिका क्षेत्र प्यूठान तर्फ समेट्छ ।

सडक आसपासमा सयौं भौतिक संरचना छन् । सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मुल्यांकनको आधारमा क्षतिपूर्ति दिएर फराकिलो बनाउने योजना छ ।
यो सडकको सन २०१६ मा डिटेल सर्भे गरिएको थियो । सडक निर्माण भएपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीका ५१ हजार ९ सय जनाले प्रत्यक्ष फाइदा लिने छन् ।

सडक कालोपत्रे भए प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाची र बाग्लुङका स्थानीयलाई राजधानी काठमाडौं जाने बैकल्पिक मार्ग समेत हुने छ । म्याग्दी, बाग्लुङ क्षेत्रका स्थानीयलाई पूर्व–पश्चिम राजमार्ग भालुबाङमा भेटएर पश्चिम यात्रा गर्ने सहज हुने छ ।

भारतको कोइलावास हुदै दाङ भालुवाङ,प्यूठान बाग्दुला, बाग्लुङ भिमगिठे भएर मुस्ताङ पुगी चीनको लोवाङथाङलाई जोड्ने उक्त सडकको लक्ष्य हो ।
पूर्व–पश्चिम रागमार्ग अन्तर्गत दाङको भालुबाङ देखि भिम गिठेसम्म १ सय ३२ किलोमिटर दुरी पर्छ । सडक निर्माण भएपछि यस क्षेत्रको समग्र आर्थिक विकासले फड्को मार्ने प्यूठानीले आशा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...