News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा

झुलेनी नेटवर्क२०७९ साउन,५ प्यूठान
१९६३ पटक
२०७९ साउन,५ प्यूठान

निर्माणको लागि ठेक्का भएर रोकिएको बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा हुन थालेको छ । सडक निर्माणको लागि भारतीय एक्जीम बैंकले सडक सुधार तथा विकास आयोजनालाई निर्माण गर्न भनेर सहमिति दिने संकेत गरेपछि सडकको पुनःचर्चा हुन थालेको हो ।
बंैकले निर्माण गर्ने सहमति गरेपछि कन्ट्याक्टर मार्फत सडकको पुनःएनलाइशिस भैरहेको आयोजना प्रमुख अर्जुन बमले जानकारी गराए । उनले १०÷१५ दिनमा एनलाइशिसको काम सकिने जानकारी आएको बताए ।

त्यसपछि बैंकको सहमतिपछि सडक निर्माणको लागि ठेक्का हुने आयोजना प्रमुखको भनाइ छ । पहिले २ अर्व ६० करोड लागत अनुमान गरेकोमा हाल महङ्गी बढेका कारण लागत बढ्न सक्ने बमले बताए । जिल्लाका नेताहरुले काम सुरु हुने भो भनेर प्रचार गर्न थालेको चार वर्ष बितिसक्दा समेत सडक निर्माणको काम अझै सुरु भएको छैन ।
सडक सुधार तथा विकास आयोजना मार्फत बजेट परेपछि स्थानीय तह, प्रदेश सरकाले समेत यो सडकमा बजेट बिनियोजन नगर्दा सडक जिर्ण हुदै गएको थियो । यस वर्ष झिमरुक गाउपालिकाले आफ्नो पालिका क्षेत्रमा मर्मत गरेकाले बर्खामा स्थानीयले केहि राहत पाएका छन् ।

‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठेसम्म ७३ दशमलभ ६ किलोमिटर दूरी सडक कालोपत्रे गर्ने भनिएको छ ।
हाल ट्¥याक खोलिएको सडकलाई ७ मिटर चौडा बनाएर ५ मिटर कालोपत्रे गरिने योजना रहेको आयोजनाले जनाएको छ । बाग्दुला देखि अर्खासम्म कच्चि सडक निर्माण भइसकेको छ । सडकले प्यूठान नगरपालिका, झिमरुक र गौंमुखी गाउपालिका क्षेत्र प्यूठान तर्फ समेट्छ ।

सडक आसपासमा सयौं भौतिक संरचना छन् । सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मुल्यांकनको आधारमा क्षतिपूर्ति दिएर फराकिलो बनाउने योजना छ ।
यो सडकको सन २०१६ मा डिटेल सर्भे गरिएको थियो । सडक निर्माण भएपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीका ५१ हजार ९ सय जनाले प्रत्यक्ष फाइदा लिने छन् ।

सडक कालोपत्रे भए प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाची र बाग्लुङका स्थानीयलाई राजधानी काठमाडौं जाने बैकल्पिक मार्ग समेत हुने छ । म्याग्दी, बाग्लुङ क्षेत्रका स्थानीयलाई पूर्व–पश्चिम राजमार्ग भालुबाङमा भेटएर पश्चिम यात्रा गर्ने सहज हुने छ ।

भारतको कोइलावास हुदै दाङ भालुवाङ,प्यूठान बाग्दुला, बाग्लुङ भिमगिठे भएर मुस्ताङ पुगी चीनको लोवाङथाङलाई जोड्ने उक्त सडकको लक्ष्य हो ।
पूर्व–पश्चिम रागमार्ग अन्तर्गत दाङको भालुबाङ देखि भिम गिठेसम्म १ सय ३२ किलोमिटर दुरी पर्छ । सडक निर्माण भएपछि यस क्षेत्रको समग्र आर्थिक विकासले फड्को मार्ने प्यूठानीले आशा गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...